अाउटसाइडरद्वारा हङकङका प्रतिनिधिलाई सम्मानित
धरान/धरानको स्थानीय ब्याण्ड आउटसाइडर ब्याण्डले हङकङ तथा धरानमा रहेर सामाजिक कार्यमा तल्लिन युवाहरुलाई बिहीबार सम्मान गरेको छ ।
ब्याण्डले हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष तथा थाउजेण्ड विग बुद्ध निर्माणका सह संयोजक प्रदीप थापा, अध्यक्ष रिता गुरुङ, धरानका विष्णु पाख्रिन, धन थापा र व्यवसायी गंगा कालिकोटेलाई सम्मान गरेको हो । त्यस्तै हङकङमा बसेर सामाजिक कार्य गरिरहेका प्रविण राई र मदन बोखिमलाईसमेत सम्मानित गरिएको हो ।
उनीहरुलाई सम्मान पत्रसहितले ब्याण्डका सदस्यहरुले सम्मानित गरेका छन् । ब्याण्ड र धरानको विकासमा सहयोग पुर¥याइरहेको भन्दै उनीहरुलाई सम्मानित गरिएको ब्याण्डका भोकलिष्ट डिल्ली फोम्बोले जानकारी दिए । उनका अनुसार ब्याण्डले धरानको खेलकुददेखि लिएर सामाजिक क्षेत्रमासमेत योगदान दिएको र ब्याण्डलाईसमेत सहयोग पु¥याएकोले सम्मानित गरिएको हो ।
आउट साइडरले हालै माइली नामक अडियो एल्बम सार्वजनिक गरेका छन् भने माइली एल्मबमको टाइटल ट्रयाकको म्युजिक भिडियोसमेत हालै स्रोतामाझ ल्याएका छन् । केही महिना अघि महासंघका पूर्व अध्यक्ष थापा मगरको सहयोगमा हङकङमा कन्सर्टसमेत गरेर फर्किएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































