बर्दियामा ५३४ वटा लैङ्गिक हिंसाका घटना
बर्दिया/जिल्लामा पाँच सय ३४ वटा लैङ्गिक हिंसाका घटना घटेका छन् ।
लैङ्गिक हिंसाका घटनामध्ये कुटपिट १५१, घरनिकाला ५७, अपहेलना ९२, गाली बेइज्जती १५, बहुविवाह २०, आर्थिक हिंसा ११, यौन शोषण ७०, मानव बेचबिखन १६, अलपत्र ५०, फेला पारिएको ४७, बाल विवाह दुई र समाजबाट निकाला तीन वटा गरी कुल पाँच सय ३४ वटा घटना घटेको महिला तथा बालबालिका कार्यालय बर्दियाले जनाएको छ ।
वि.स. २०७० देखि अहिलेसम्म जिल्लामा सो घटना घटेको तथ्याङ्क कार्यालयसंग रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख गिराकुमारी बस्नेतले बताए ।
उनले कुनै पनि हालतमा लैङ्गिक हिंसा घटाउने दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताउँदै महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्ष सम्बेदनशील हुनुपर्ने बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























