juwaभद्रपुर / झापाको भद्रपुरमा जुवा खेलिरहेका ८ जना जुवाडेलाई नगद एक लाख सहित प्रहरीले पक्राउ गरेको छ ।  भद्रपुर नगरपालिका १४ स्थित लेखनाथचोक बस्ने राजेन्द्र तुलाधारको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले छापा मारेर पक्राउ गरेको हो । प्रहरी कार्यालय झापाका इन्सपेक्टर गणेशचन्द्र कोइरालाका अनुसार प्रहरीले जुवा खालबाट घरधनी राजेन्द्र तुलाधर सहित भद्रपुर १४ बस्ने मनोज साह, सञ्जोग गिरी, निर्मल राजवंशी, समिर शाक्य, राजु राजंवशी, भद्रपुर १३ बस्ने जनक खडका, सुरेश तुलाधार रहेको उनले जनाए । प्रहरीले उनीहरुको साथबाट नगद एक लाख ३ हजार ७ सय ६२ रुपैया, २सय ११ पत्ती तास र विभिन्न क्यारमबोर्डको गोटी बरामद गरेको कोइरालाले जानकारी दिए । पक्राउ परेका जुवाडेलाई जनही ३ हजारको दरले धरौटी राखेर छाडिदिएको जिल्ला प्रशासन कार्यालय झापाल जनाएको छ । वर्षौदेखि राजेन्द्रको घरमा जुवा खेल हुने गरेको पक्राउ पछि स्थानीयले बताए ।