तरहरा /केहि समय यता इटहरीले खेलकुद क्षेत्र ठुलै छल्याङ मारेको छ । खेलकुद सम्वन्धी भौतिक पूर्वाधारहरु तिब्र गतिमा तयार भईरहेको भए पनि इटहरी उपमहानगरपालीकाले भने क्षेत्रीय रंगशाला सम्म पुग्ने बाटो मर्मतमा समेत वेवस्ता गरेको खेलकुदका अगुवाहरुले वताएका छन । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता हुने भए सँगै क्षेत्रीय रंगशाला भित्र भौतिक संरचनाहरु तिब्र गतिमा भईरहेको भए पनि रंगशाला सम्म पुग्ने बाटो भने जिर्ण रहेकाको खेलकुद क्षेत्रका अगुवाहरुले गुनासो गरेका छन । रंगशाला क्षेत्र प्रवेश गर्ने बाटो लामो समय देखि जिर्ण र धुलाम्मे भए पनि उक्त वाटो निमार्णमा इटहरी उपमहानगरपालीकाले वेवस्ता गरेको खेल क्षेत्रका अगुवाहरुले वताएका छन । रंगशाला क्षेत्र ब्यापक रुपमा सिगारीए पनि त्यहाँ सम्म पुग्ने बाटो घाटो जिर्ण भएको सुनसरी जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष अनुरोध थापा वताए । नगरपालीकाले रंगशाला पुग्ने सम्मको वाटो निमार्णमा समेत वेवस्ता गरेको उनको आरोप थियो । इटहरीबासी केशव विष्ट सदस्य सचिव भएको वेला इटहरीमा खेलक्षेत्रको तिब्र बिकास भईरहे पनि उपमहानगरले खेल क्षेत्रमा सहयोग नगरेको उनको आरोप थियो । धरान ,विराटनगर लगायतका उपमहानगरहरुले खेल क्षेत्रमा महत्वपूर्ण योगदान गरे पनि उनीहरुको तुलनामा इटहरीको योगदान शुन्य जस्तै रहेको उनको भनाई थियो । सुनसरी जिल्ला फुटवल संघको महासचिव केशव कार्कीले इटहरीले धरान र विराटनगरको तुलनामा सहयोग गरेको पाईदैन उनले भने । इटहरी जस्तो ठुलो शहरले बाटो घाटो मात्र भन्छन खेल क्षेत्रमा ध्यान नै दिदैनन अनि कसरी हुन्छ खेलकुदको विकास उनको प्रश्न थियो । खेलाडीहरुलाई मध्यनजर गरेर बजेट निकासा नहुने गरेको कारण पनि इटहरी खेल क्षेत्रमा पछाडी पदै गएको उनको तर्क छ । जसो तसो खेलाडीहरु आफै लागी रहेको कारण मात्र इटहरी खेल क्षेत्रमा अगाडी बढेको उनको भनाई थियो । इटहरी उपमहानगरपालीकाले खेल क्षेत्रलाई वेवस्ता गदै आएको उनको भनाई थियो । इटहरीका स्थानीय खेलप्रमी तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केवश विष्टले पनि धरान र विराटनगरको तुलनामा इटहरीले खेलकुद क्षेत्रमा सहयोग नगरेको वताए । खेल क्षेत्रको विकासको लागी इटहरीले केहि रकम खर्चेनु पर्ने वताउँदै उल्लेखनीय मात्रमा सहयोग गर्नु पर्ने उनको माग छ । क्षेत्रीय रगंशाला सम्म पुग्ने बाटो जिर्ण भएको कारण केहि समस्या भएको वताउँदै बाटो मर्मतमा समेत उपमहानगरपालीकाले ध्यान नदिएको गुनासो उनको छ । यता इटहरी उमपहानगरपालीकाका बरिष्ठ इन्जिनियर अर्जुन दाहालले भने रंगशाला सम्म पुग्ने बाटो जिर्ण भएको स्वीकार गदै यो वर्ष केहि भाग मर्मत तथा कालोपत्रे गर्ने विषयमा कार्यलयमा छलफल भईरहेको वताए । अहिले कार्यकारी अधिकृत हुनुहुन्न केहि आए लगातै उक्त बाटो निमार्ण गर्ने पहल गर्ने उनको भनाई थियो । नेपाली खेलकुदको विकासका लागि महत्वपूर्ण मानिएकोे सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता मंसिर पहिलो साताबाट पूर्वाञ्चलमा आयोजना गर्ने भनिएको छ ।