मकाउलाई १–० गोलले पछि पार्दै नेपाल -अपडेट
धरान/नेपालले एएफसी सोलिडारिटी कपमा अहिले प्रतिद्धन्द्धी मकाउलाई १–० को अग्रता कायम गरेको छ ।
मलेसियाको कुचिङको रंगशालामा भइरहेको फाइनल खेलमा नेपालले पाँचपटक भिडन्त गरिसकेको मकाउँलाई एक सून्यले पछि पारिरहेको हो । अहिले पहिलो हाफको खेल भइरहेको छ । भरत खवासको पासलाई हेडमार्फत सुजल श्रेष्ठले गोल गरेका छन् ।
श्रेष्ठले हेडमार्फत सुन्दर गोल गरेका थिए । उनले पहिलो हाफको ३० मिनेटमा गोल गरेका हुन् । नेपालले यस अघिको पाँच पटकको भेटमा ३ पटक जित, एकपटक हार र एकपटक बराबरी खेलेको थियो । नेपाल उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी बनेको छ ।
यस अघिका खेलहरुमा समूह विजेता बन्दै नेपाल सेमिफाइलनमा लाओसलाई ३–० गोलले हराउँदै फाइलनमा पुगेको हो । उसले लिग चरणमा ब्रुनाई र टिमोर लिष्टेलाई पराजित गर्दै चार अंकका साथ समूह विजेता बनेको थियो ।
नेपालले हालै बंगलादेशमा हुने बंगबन्धु गोल्डकपसमेत उचालिसकेको छ भने साफमासमेत फुटबलतर्फ स्वर्ण पदक हात पारेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































