Rubinaकाठमाडौं/नेपाली राष्ट्रिय महिला क्रिकेट टीमकी कप्तान रुविना क्षेत्रीलाई अष्ट्रेलियन क्रिकेट लिग बिग ब्यास क्लबमा प्रशिक्षण गर्ने मौका मिलेको छ ।क्रिकेटर अष्ट्रेलिया र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको संयुक्त सहकार्यमा रेबेल बिग ब्यासमा एहोसियट राष्ट्रका खेलाडीलाई दिइएको मौकामा नेपाली रुविना पनि परेकी हुन् ।

महिला बिग ब्यास लिगको दोस्रो संस्करणका लागि ८ टीमले आफ्नो रुक्की खेलाडीको नाम पक्का गरेको हो । जसमा विभिन्न ७ राष्ट्रका ८ खेलाडी छन् ।

त्यसमध्ये रुविनाले मेलवर्न रेनेगाड्स क्लबमा प्रशिक्षण दिनेछिन् ।आगामी डिसेम्बर १० बाट शुरु हुने दुई हप्ताको रुक्की प्रशिक्षणमा एशोसिएट राष्ट्रका खेलाडीहरुले प्रशिक्षण गर्नेछन् । एशोसिएट राष्ट्रका खेलाडीहरुलाई क्रिकेटको माथिल्लो तहमा खेल्ने अवसर प्रदान गर्नका लागि यस्तो खालको प्रोग्राम बनाइएको उल्लेख छ ।