बिर्तामोड/पूर्वाञ्चलमा गरिने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्नुपर्ने माग राख्दै झापाका खेलाडीहरुले मङ्गलबार बिर्तामोडमा ¥याली निकालेका छन् ।पहिलोपटक पूर्वाञ्चलमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता अन्यौलपूर्ण बनेको भन्दै करातेका एशियन रेफ्री कुमार उप्रेतीको नेतृत्वमा गठित झापाली खेलाडी सङ्घर्ष समितिले दवाबमूलक शान्ति ¥याली सम्पन्न गरेको हो ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै र तोकिएकै समयमा आयोजना गर’, ‘खेलाडीको खेल खेल्न पाउने अधिकार वञ्चित गर्न पाइँदैन’, ‘खेलाडी राष्ट्रका गहना हुन्’ लगायत नाराबाजीसहित खेलाडीहरुले ¥याली निकालेका हुन् ।क्षेत्रीय छनौट प्रतियोगिताका लागि झापाबाट विभिन्न २४ वटा खेल विधामा छनौट भएका खेलाडीहरु, विभिन्न खेल विधाका जिल्लास्थित सङ्घका पदाधिकारी, प्रशिक्षक लगायत सयौं सहभागी ¥यालीले अतिथि सदन भवनबाट नाराबाजीसहित बिर्तामोड नगरको परिक्रमा गरेर हनुमान सेन्ट्रलअघि कोणसभा गरेको थियो ।सभामा सङ्घर्ष समितिका संयोजक उप्रेती, झापा खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङ, सितोरियो करातेका प्रशिक्षक लोकचन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।
सभाका वक्ताहरुले नेपालको खेलकुद इतिहासमा पहिलोपटक हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै र तोकिएकै मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।कोणसभापछि पछिल्लोपटक तोकिएकै मितिमा पूर्वाञ्चलमै राष्ट्रिय प्रतियोगिता गर्न दबावसहित ध्यानाकर्षण गराउने उद्देश्यले सङ्घर्ष समितिका संयोजक उप्रेतीले झापा खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापालाई विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुभ्mदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थापाले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र राखेपको ध्यानाकर्षण गराउने बताए ।खेलाडी सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी मदन भूजेललाई पनि सो ज्ञापनपत्र बुझाएको छ ।प्रजिअ भुजेलले झापा प्रशासन कार्यालयमार्पmत् सरकार र सम्बन्धित मन्त्रालयलाई यसबारे अवगत गराउने आश्वासन दिएको उप्रेतीले जानकारी दिए ।