धरान/तेस्रो होराइजन खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगिता धरानमा हुने भएको छ । धरान–१७ स्थित होराइजन क्लवको आयोजनामा मंसिर ४ गतेदेखि ११ गतेसम्म धरान–१७ स्थित निम्न माविको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो ।
[caption id="attachment_19452" align="alignnone" width="960"]
तस्बिर: भाेजराज श्रेष्ठ[/caption]
प्रतियोगितामा झापा, मोरङ र सुनसरी गरी १३ वटा टीमहरु प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा झापा बास्केटबल क्लव, मोरङ बास्केटबल संघ, आयोजक होइराजन क्लव, बीपीकेआइएचएस डक्टर्स टिम, बीपीकेआइएचएस स्टुडेन्ट टीम, स्ट्याग्स क्लव ए र बि सहभागी छन् । त्यस्तै तरहरा बास्केटबल क्लव, इमोर्टल क्लव, यलम्बर क्लव, कार्मेल हाइस्कुल, स्वर्णीम क्लव र डिपोटियन स्पोर्टस क्लव सहभागी छन् ।
प्रतियोगिता विजेताले नगद ३० हजार रुपैयासहित ट्रफी, मेडल, प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै उपविजेताले नगद १५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष बालकृष्ण सुनुवारले बताए । प्रतियोगितामा मूख्य प्रायोजक इजी राइडर्स गोल्डसप, सह प्रायोजकमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि र गोर्खा बु्रअरी प्राली रहेको छ ।
प्रतियोगितामा कुल खर्च २ लाख ६४ हजार ५ सय रुपैया लाग्ने अनुमान गरिएको अध्यक्ष सुनुवारले बताए । २०७० सालदेखि होइजन खुल्ला आमन्त्रण बास्केटल प्रतियोगिता गरिदै आएको छ । तर, २०७२ सालमा भने प्राविधिक कारणबस प्रतियोगिता हुन सकेको थिएन् ।
हालसम्म होराइजनबाट राष्ट्रिय टिम खेल्ने ५ भन्दा बढी खेलाडी उत्पादन गरिसकेको छ । जसमध्ये यु–१८ को राष्ट्रिय टिममा रबी बास्फोर पर्न सफल भएका छन् । राष्ट्रिय टिममा यस अघि खेल्नेमा नविन राई, हेमन राई, राम सुनुवार, उज्वल राईलगायत छन् भने होराइजनकै उत्पादन भएका विकास चाम्लिङ राई बास्केटबल प्रशिक्षकको रुपमा रहेका छन् ।