इलाम/ प्रथम हकर्टे कपको उपाधि आयोजक दीपेन्द्र शिखर युवा क्लबले हात पारेको छ ।पूर्वी इलामको सूर्योदय नगरपालिका–१३ कन्यामको डुँडेगैरामा भएको फुटबल प्रतियोगितामा तीनघरे युवा क्लबलाई २—० गोल अन्तरले पछि पार्दै शनिबार आयोजक दीपेन्द्र शिखर युवा क्लबले उपाधि हात पारेको हो ।
आयोजक तर्पmबाट १३ औँ मिनेटमा दिलिप भुजेल तथा ५१ औँ मिनेटमा दर्शन गुरुङले गोल गरेका थिए । उपाधि विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेताले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।समग्र कन्यामको पर्यटन विकास, डुँडेगैरा खेलमैदानको स्तरोन्नति, राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले गत कात्तिक २५ गते शुरु भएको प्रतियोगितामा झापा र इलामका गरी १७ टिम सहभागी थिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी आयोजक क्लबका दर्शन गुरुङ, उत्कृष्ट डिफेन्डर आयोजक टिमका प्रदीप विष्ट र उत्कृष्ट गोलरक्षक आयोजककै निश्चल राई घोषित भए । त्यस्तै इमान्दर खेलाडीमा तीनघरे युवा क्लबका शुक्रराज प्रधान र उत्कृष्ट फरवार्ड तीनघरेकै विमल राई घोषित भए ।दीपेन्द्र शिखर युवा क्लब र सृजना युवा क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल हुनुपूर्व पत्रकार महासङ्घको इलाम शाखा र झापा शाखाबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा १÷१ गोल भई खेल बराबरीमा टुङ्गिएको थियो ।प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि तथा समाजसेवी टीकाराम भट्टराई र आयोजक समितिका अध्यक्ष श्रीप्रसाद खरेलले पुरस्कार वितरण गरेका थिए ।
समापन कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमाल कर्माचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राई, जिल्ला फुटबल सङ्घका उपाध्यक्ष सन्तोष भक्तराजलगायतले खेल पर्यटनको विकास, राष्ट्रिय खेलाडी उत्पादन तथा इलामको पर्यटन प्रवद्र्धनमा थप योगदान गर्न आपूmहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।