depoधरान/ धरान–१८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबारबाट आयोजित जिल्लास्तरीय १३ औं ललित–अम्बर डिपो कपको उद्घाटन खेलमा आयोजक डिपो ‘ए’ टिम विजयी भएको छ ।

डिपो स्कुलले सुनाखरी स्कुललाई ३–० गोलले पराजीत गरेको छ । खेल शुरु भएको पहिलो हाफको ६ मिनेटमा डिपोको तर्पmबाट सुलभ बस्नेतले गोल गरी डिपोलाई अग्रता दिलाएको थियो । १६ औं मिनेटमा सञ्जीव मल्लिकले एक गोल र दोस्रो हाफको १० मिनटमा रितिक मण्डले थप गोल गर्दै डिपोको जित सुनिश्चित गरेका थिए । जितसँगै डिपो क्वार्टर फाइनल प्रवेश गरेको छ भने सुनाखरी स्कुलले दिलकुमार प्लेट च्याप्पियन खेल्नेछ ।

१५ वटा स्कुलका १६ वटा टिमको सहभागिता रहेको नकआउट प्रतियोगिताको पराजित हुने ८ टिमले प्लेट च्याम्पियन खेल्न पाउने छन् ।खेलको म्यान अफ दी म्याच सुनाखरी स्कुलका निङ्मा राई घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि डिपो गुठी संस्थाका सदस्य पूर्व गोर्खा मेजर तनाहाङ लिम्बूले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । ५ कक्षामुनिका, ४ फिट १० इञ्च उचाईसम्मका १२ वर्ष मुनिका विद्यार्थीले मात्र सहभागिता हुन पाउने प्रतियोगिताको विजयी टिमले सात हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छन् । दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र प्रमाणपत्र पाउनेछन् ।

यस्तै प्लेट च्याम्पियनका विजेताले तीन हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले २ हजार नगद र प्रमाणपत्र पाउने छ ।डिपो स्कुलका व्यवस्थापन समितिका अध्यक्ष पूर्व गोर्खा मेजर श्रवणकुमार लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, धरान स्पेस टाइम्स नेटवर्क प्रालिका निर्देशक विदुरविक्रम पन्त लगायत अतिथि थिए ।शनिबारको पहिलो खेल इमान्युल स्कुल र ज्ञानकुञ्ज, दोस्रो खेल के एण्ड के इन्टरनेशनल स्कुल र होलिल्याण्ड र तेस्रो खेल डिपो ‘बी’ टिम र सेक्रेट हार्ट स्कुलबीच हुने भएको छ ।