दुहवी / सुनसरीको दुहवीमा एलेभन एरोज क्लब दुहवी तथा मनमोहन स्मृती प्रतिष्ठान हात्तीमुडा मोरङको आयोजनामा मनमोहन दुहवी गोल्डकप शनिवारदेखि सुरु भएको छ । दुहवी रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब काठमण्डौले चर्च ब्वाइज क्लब काठमण्डौलाई २–१ गोल अन्तरले पाखा लगाउदै सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको ९ औ मिनेटमा चर्च ब्वाइज क्लबका अजय माट्रीनले पहिलो गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । आर्मी क्लबका दिपक गुरुङले खेलको ३७ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याए । लगतै १ मिनेट नवित्दै आर्मीकै टेकबहादुर बुढाथोकीले एक गोल थप गरि टिमलाई विजयी गराए । खेलको म्यान अफ द म्याच आर्मीकै गोल रक्षक विकाश कुथु घोषित भए । आइतवारको दोश्रो खेल मनाङ मस्याङदी क्लब काठमण्डौ र आयोजक एलेभन एरोज क्लब दुहवीबिच हुनेछ । प्रतियोगितामा प्रथम हुने टिम लाई तीन लाख), दोश्रो हुनेलाई एक लाख पचास हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालको उत्कृष्ट फुटबल क्लबहरु तथा मित्र राष्टू भारत र भुटानसमेत का फुटबल क्लबहरु लाई समावेश गराईएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव केशव बिष्टले उद्घाटन गरेका थिए ।