धरान/पाँचौँ सुनसरी टेक्निकल कलेज एमेच्योर ओपन गल्फ टुर्नामेन्टको उपाधि ८ हेन्डीक्याप गल्फर विजय राईले जितेका छन् । अठार होल पार ७० को निर्वाणा कन्ट्री क्लबको गल्फकोर्समा शनिबारको खेलमा नेट ४ अन्डर ६६ खेल्दै राईले उपाधि जितेका हुन् । कुल ७४ कार्ड बनाएका उनले फ्रन्ट नाइनमा ३९ र ब्याक नाइनमा ३५ खेलेका थिए ।
उपाधिसँगै ५ हजार रुपैयाँ बराबरको गिप्mट भौचरसहित ट्रफी प्राप्त गरे । नेट एक ओभर ७१ खेलेका ८ हेन्डीक्याप गल्फर शेखर लिम्बूले फस्र्ट रनरअप बन्दै ३ हजार रुपैयाँ बराबरको गिप्mट भौचर र ट्रफी प्राप्त गरे । कुल ७९ खेलेका उनले फ्रन्टमा ३८ र ब्याक नाइनमा ४१ कार्ड बनाएका थिए । त्यस्तै ५ हेन्डीक्याप खेलाडी राम तामाङ नेट २ ओभर ७२ कार्ड बनाउँदै सेकेन्ड रनरअप बनेका थिए । कुल ७७ कार्डमा फ्रन्टमा ४१ र ब्याकमा ३६ कार्ड बनाएका उनले २ हजार रुपैयाँको गिप्mट भौचरसहित ट्रफी पाए । ६ ओभर ७६ खेल्दै युवराज भुजेलले बेस्ट ग्रसको उपाधि जितेका थिए ।
फ्रन्टमा ३९ र ब्याकमा ३७ कार्ड बनाएका उनलाई ४ हजार रुपैयाँ बराबरको गिप्mट भौचर र ट्रफी प्रदान गरिएको छ । त्यस्तै सिनियरतर्पm ९ हेन्डीक्याप गल्फर मेजर एमबी लिम्बू नेट चार ओभर ७४ खेल्दै विजेता बनेका छन् । उनले फ्रन्टमा ४० र ब्याकमा ४३ स्कोर गर्दै कुल ८३ कार्ड बनाएका थिए । जुनियरमा नेट १० अन्डर ६० खेल्दै रितेश तामाङ विजयी बनेका छन् । २२ हेन्डीक्याप खेलाडी तामाङले फ्रन्टमा ४३ र ब्याकमा ३९ कार्ड खेल्दै कुल ८२ कार्ड बनाएका थिए । सिनियर र जुनियरलाई २–२ हजार रुपैयाँको गिप्mट भौचर र ट्रफी प्रदान गरिएको छ । १७ औँ होलमा नियरेस्ट टु पिन गर्दै बीएम सुनुवार विजयी बने । त्यस्तै १८ औँ होलमा लङ्गेस्ट ड्राइभ गर्दै ६ हेन्डीक्याप खेलाडी रुपेन्द्र गुरुङ विजयी बने । उनीहरुलाई १५–१५ सय रुपैयाँको गिप्mट भौचर र ट्रफी प्रदान गरियो । तीनवटा होलमा मोस्ट बर्डी गर्दै पदमहाङ लिम्बू मोस्ट बर्डी घोषित बने ।
उनले १५ सय रुपैयाँको गिप्mट भौचरसहित ट्रफी पाए । बेस्ट स्पोर्टसम्यानसीप घोषित हुँदै किरण लिम्बूले १५ सयको गिप्mट भौचरसहित ट्रफी पाए । विजेताहरुलाई कलेजका सञ्चालक समिति अध्यक्ष तथा प्रबन्ध निर्देशक लेखिराज सुब्बा, नेपाल गल्फ एसोसिएसनका केन्द्रीय सदस्य मेजर एमबी लिम्बू, आयोजक धरान गल्फ सङ्घका अध्यक्ष पूर्ण लिम्बूलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए । प्रतियोगितामा धरान र इटहरी गरी ३३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । खेलाडीहरुलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरिरहेको अध्यक्ष सुब्बाले बताए ।
उनले कलेजको प्रायोजन यसै वर्षबाट समाप्त भए पनि अबका दिनमा सम्झौता गरेर एमेच्योर खेलाडीहरुलाई प्रोत्साहन गरिरहने बताए । २०६९ मा कलेजले सङ्घसँग पाँचवर्षे सम्झौता गरेको थियो । यसै वर्षदेखि यो सम्झौता समाप्त भएको छ । कलेजले सम्झौताअनुरुप वार्षिक ५० हजार रुपैयाँ प्रदान गरिरहेको थियो ।