विराटनगर / कोशी अञ्चल अस्पताल विराटनगरका चिकित्सकले लापरवाही गर्दा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि मृतक परिवारले लापरवाही भएको भन्दै प्दर्शन गरेका छन् । मृतकका आफ्न्तले अस्पताल परिसरमा शव सहित प्रदर्शन गरेका छन् । अघिल्लो सोमवार प्रसुतीका लागि कोशी अञ्चल अस्पताल पुगेकी २२ वर्षिा कमला लुइटेलको मृत्यु भएको हो । शल्यक्रिया गर्दा नशा काटिएको र अधिक रक्तश्रावका कारण विरामीको निधन भएको आरोप सम्वन्धित पक्षले आरोप लगाएको छ । मंसिर १२ गते साँझ अस्पतालमा भर्ना भएकी कमलाले १३ गते बिहान अप्रेशन पछि स्वस्थ्य बालकलाई जन्म दिएकी थिइन । अप्रेशनको भोली पल्टबाट भने कमलालाई अत्याधिक रक्तश्राव हुन थालेको मृतककी आफन्त उषा दाहालले जानकारी दिनुभयो । अत्यधिक रक्तश्राव भएपनि उपचारमा संलग्न चिकित्सकहरुले लापरवाही गरेकाले विरामीको मृत्यू भएको आफन्तको भनाइ छ । रक्तश्रावका कारण विरामीको अवस्था अत्यन्तै नाजुक भएपछि कोशी अञ्चल अस्पतालले मृतक बिरामीको अवस्था ठीक नरहेको भन्दै थप उपचारका लागि मंगलबार साँझ ६ बजे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान रेफर गरिदिएको मृतकका बाबु नवराज लुइँटेलले जानकारी दिनुभयो । उपचारकै क्रममा विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा बुधबार बिहान कमलाको मृत्यू भएको हो । यता वीपी प्रतिष्ठनका चिकित्सकहरुले भने दुवै मृगौला खराब भएकाले विरामीको मृत्यू भएको बताएको मृतकका परिवारको भनाइ छ । आफन्तले शवसहित प्रदर्शन गरेपछि अस्पताल प्रशासन र पीडितपक्षबिच वार्ता भएको थियो । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रोसन पोखरेलको उपस्थितिमा भएको वार्ताको क्रममा मृतक पक्षसँग ५ बुंदे सहमति भएको छ । उपचारमा संलग्न चिकित्सकलाई तत्कालका लागि जिम्मेवारीबाट हटाउने, घटनाको छानबीन गर्ने र दोषी देखिए थप कार्वाही गर्ने, नवजात शिशुको भरणपोसनका लागि स्वास्थ्य मन्त्रालयसहित सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने लगायतका बुँदामा सहमति भएको हो ।