उदयपुर/उदयपुर सदरमुकाम गाईघाटस्थित पुरानो हवाई फिल्डको जग्गामा लामो समयसम्मको प्रयास र खैलमैदानको व्यवस्थापनपछि जिल्लाको मात्र नभइ पूर्वाञ्चल क्षेत्रकै दोस्रो ठूलो थारूहट रङ्गशाला खेल मैदान निर्माण भएको छ ।दुई वर्षदेखि जिल्ला खेलकुद विकास समिति र पूर्वाञ्चल खेलकुद विकास समितिको समेत लामो प्रयासपछि अब खेलमैदान पूर्णरूपमा तयार भएको पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्वअध्यक्ष किरण राई बताउँछन् ।
करीब तीन बिघा १६ धुर क्षेत्रफलमा पैmलिएको उक्त खेल मैदानमा करीब पचास हजार दर्शकले एकैचोटि बसेर खेल हेर्नसक्ने दुईवटा ठूलठूला प्यारापिट सहितका जग्गाको व्यवस्था भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्प विक बताउँछन् ।राष्ट्रिय खेलकुद परिषद्को ३५ लाख आर्थिक लगानी र अन्य बाँकी त्रियुगा नगरपालिका र जिविस उदयपुरको लगानीमा उक्त खेलमैदान सम्याउने र माटो फिलिङ गर्ने कार्य र खेलमैदान क्षेत्रमा तारबार लगाएर घेराबेरा गर्ने कार्यसमेत सम्पन्न भएकोले खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण समितिका संयोजकसमेत रहेका पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्वअध्यक्ष राईले बताए ।राई भन्छन्, ‘यो खेलमैदान पूर्वाञ्चलकै दोस्रो ठूलो मैदान हो, अब यसको भित्री भौतिक व्यवस्थापन सम्पन्न भइसकेकाले राष्ट्रिय तथा क्षेत्रीयस्तरका खेल सञ्चालन गर्न सकिनेछ ।’ तर अभैm थारूहट रङ्गशाला खेलमैदानको बाहिरी भौतिक पूर्वाधार व्यवस्थापन गर्न बाँकी रहेको कारण आपूmहरूले बजेटका लागि खेलकुदमन्त्री दलजित श्रीपाइलीसँग कुरा भइरहेको राईले बताए ।
जिल्ला खेलकुद विकास समिति उदयपुरसँग आप्mनो खेलमैदान नहुँदा यो रङ्गशाला निर्माण हुनुभन्दा अघिसम्म जिल्लामा आयोजना हुने अधिकाङ्श धेरै खेलकुद गाईघाटस्थित त्रियुगा उच्च माविको खेलमैदानमा आयोजना हुँदै आएको जिल्ला खेलकुद विकास समितिका सचिव प्रकाश खड्का बताउँछन् । तर अब रङ्गशाला निर्माण भएको कारण जिल्ला खेलकुद विकास समितिले जुनसुकै बेला क्षेत्रीय र राष्ट्रियस्तरका खेलसमेत आयोजना गर्न सक्ने क्षमतामा पुगेको कुरा सचिव खड्काले बताए ।जिल्लाको सदरमुकाम गाईघाटमा बृहत् रङ्गशालाको निर्माण भएको कारण अब जिल्लामा धेरै खेल आयोजना गर्न सकिने र जिल्लाको खेलकुद विकासमा समेत प्रगति हुने कुरा अहिले जिल्लावासी बताउँछन् ।