सुनसरी (दुहवी)/सुनसरीको दुहवीमा सम्पन्न मनमोहन दुहवी गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ । armi शनिबार सम्पन्न फाइलन खेलमा चिरपरिचत प्रतिद्धन्द्धी मनाङ मस्र्याङ्ग्दीलाई सडेन डेथमा ४–३ गोल अन्तरले पराजित गरेको हो । उपाधिसँगै आर्मीले नगद ३ लाख रुपैयासहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको मनाङले नगद ढेडलाख रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । निर्धारित समयसम्म दुबै तर्फबाट गोलरहित बराबरीमा टुंगिएपछि ट्राइबेकरमा धकेलिएको थियो । मनाङबाट बिराज महाजन, रुपेस के.सी.र सुजल श्रेष्ठले गोल गर्दा आर्मीबाट जितेन्द्र कार्की, दिपक गुरुङ र टेक बहादुर बुढाथोकीले गोल गरेका थिए । त्यसपछि सडेन डेथमा गएको थियो । उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका बिकेश कुथु घोषित हुँदै नगद ५ हजार रुपैयासहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । सर्बाधीक गोलकर्ता आर्मीकै टेकबहादुर बुढाथोकी घोषित भए । उनले नगद १५ हजार रुपैयासहित मेडल प्राप्त गरे । खेलको म्यान अफ द सिरिज मनाङ मस्याङदीका सुजल श्रेष्ठ घोषित हुँदै नगद २५ हजार रुपैयासहित मेडल प्रमाण पत्र प्राप्त गरे ।