इटहरी/पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गरिएको छ । प्रतियोगिताको तयारीमा खेलाडी र आयोजक जुटेका छन् । तर, खेलकुद प्रतियोगितामा कलाकार पनि उत्तीकै व्यस्त भेटिए । मुर्तिकार गोपाल पौडेललाई खेलकुदमा कला भर्ने जिम्मा छ । [caption id="attachment_20802" align="alignnone" width="1024"]masket 1 इटहरीमा भद्रकाली कलाकुञ्जले तयार गरेका सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका मस्कट । तस्विरः ब्लाष्ट/बाबुराम सुवेदी[/caption] भद्रकाली कलाकुञ्ज मार्फत मुर्तिकार अभिषेक तिम्सिनाको टीममा काम गर्ने पौडेल रात दिन गरेर आएका अर्डर अनुसारका मुर्ति निर्माण गरिसक्न लल्लीन छन् । भद्रकाली कलाकुञ्जले सातौं राष्ट्रिय खेलकुल प्रतियोगितामा प्रयोग हुने मस्कट निर्माण गर्ने जिम्मा पाएको छ । ‘पहिलो चरणका जिम्मा लिएको चार ठूला र १६ वटा साना मस्कट तयार भइसक्यो’ मुर्तिकार पौडेलले शनिबार ब्लाष्टसँग भने ‘अझै एक सय वटा साना मस्कटको अर्डर आएको छ, त्यो तयार पार्न व्यस्त छौं ।’ तयार भएका ठूला चार वटा मस्कट रंगशालामा राखिने र १६ वटा मस्कट धरान, विराटनगर झापा लगायतका स्थानमा राखिने जानकारी आएको उनले जनाए । मस्टक तयार गर्न भद्रकालि कलाकुञ्जका प्रमुख अभिषेश तिम्सिनासहित उनको टीममा पौडेल, विन्दु चौधरी, भोला मिम्सिना, श्याम पण्डित, तापत पाललगायतको समुह छ । प्रतियोगितामा खेलाइने खेल र खेलाडी र प्रतियोगिताको लोगोको झल्को दिने केही मस्कट माटोबाट तयार गरिएका छन् भने केही फाइबार बन्ने पनि उनले जनाए । पाँचौं पटक घोषणा गरिएको मिति सरेर छैटौं पटक तोकिएको सातौं राष्ट्रिय खेदकुद प्रतियोगिता आगामी पुस ८ गते विराटनगरमा उद्घाटन भई पुस १५ गते धरानमा समापन हुनेछ । प्रतियोगिता सफल बनाउन खेदकुद मन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा ५ सय एक सदस्यीय मुल समिति गठन भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताए । सुनसरी मोरङ्ग झापा इलाम सप्तरी सिरहा धनकुटा जिल्लाहरुमा हुने राष्ट्रिय खेलकुदमध्ये केही खेलहरु पहिले नै सम्पन्न भईसकेका र कतिपय खेल पूर्वाधार अभावमा राजनधानी काठमाण्डौमा गर्नु पर्ने बाध्यात्मक अवस्था रहेकाले पूर्वाञ्चलमा ३० वटा खेलहरु हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताए । सातौ राष्ट्रिय खेलकुद प्रतियोतिगालाई राष्ट्रिय गौरवका रुपमा लिई दिन पूर्वाञ्चलबासीमा आग्रह गर्दै मन्त्री श्रीपालीले हामी सवै पूर्वाञ्चलबासीले यस प्रतियोगितामा अपनत्व ग्रहण गरेर अघि बढ्न सकियो भने जस्तोसुकै वाधा ब्यवधान आए पनि प्रतियोगिता भब्य रुपमा सम्पन्न हुने विस्वास दिलाएका छन् । खेलकुदका पूर्वाधारहरु राष्ट्रका नीधि भएकाले सवै खेलका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान केन्द्रित गरिरहेको पनि उनले बताए ।सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तराष्ट्रिय आमन्त्रित ब्यक्तित्वहरुको सहभागितामा विराटनरमा हुने बताइएको छ ।