-
Home
-
पूर्व
-
पूर्वाञ्चल व्यापी व्याडमिन्टन प्रतियोगिता सम्पन्न
पूर्वाञ्चल व्यापी व्याडमिन्टन प्रतियोगिता सम्पन्न
- मंसिर १९, २०७३
- ब्लाष्ट खबर
इटहरी/सगरमाथा व्याडमिन्टन क्लबको आयोजनामा इटहरी–३ मा सम्पन्न पूर्वाञ्चल व्यापी व्याडमिन्टन प्रतियोगिताको उपाधी खोटाङका जीवन आचार्य र अभिषेश गुरुङको जोडीले हात पारेकाका छन् ।
प्रतियोगिताको विजेता सो टीमले नगद ४० हजार रुपैयाँ प्राप्त गरेको छ । यसै गरी प्रतियोगिता भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङको जोडी दोस्रो भएको आयोजकले जनाएको छ । दोस्रो हुने टीमलाई नगद ३० हजार रुपैयाँ प्राप्त ग¥यो भने तेस्रो हुने प्रकाश लिम्बू र रकम लिम्बू तथा सूर्य श्रेष्ठ र सुजन श्रेष्ठको जोडीले नगद १०÷१० हजार रुपैयाँ प्राप्त गरेको आयोजक समितिका सचिव रविन वस्नेतले बताए ।
यसै गरी समुह ए अन्तरगतको खेलमा निर्मल निरौला र मोहन राईको जोडी पहिलो, राकेश श्रेष्ठ र सुसन राईको जोडी दोस्रो भएको आयोजकले जनाएको छ । यसैगरी भूपाल थापा र मनोज डाँगी तथा मणी सुब्बा र सुरेश कार्कीको जोडी तेस्रो भएको थियो ।
पहिलो हुनेले १५ हजार दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरेको आयोजक संस्थाका सचिव बस्नेतले जानकारी दिए । यसै गरी समुह वी बाट धुर्व कार्की र भीम थापा मगरको जोडी पहिलो, सञ्जय पोख्रेल र कुमार घले को जोडी दोस्रो तथा भीम गौतम र सुमन राई तथा तोया ओझा र लिलाराज लिम्बूको जोडी तेस्रो भएको थियो ।
समुह सी बाट दीपमणी राई र गोपाल अधिकारी पहिलो, गोकुल गूरुङ र सन्दीप घले दोस्रो र गजेन्द्र लिम्बू र प्रकाश पाठक तथा सुमन बराल र अर्जुन लिम्बूको जोडी तेस्रो भएको सचिव बस्नेतले बताए । प्रतियोगिता अन्तरगत समुह वी र सी बाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको पनि आयोजकले जनाएको छ । प्रतियोगिताको समापनका अवसरमा शनिबार व्याडमिन्टन संघ केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामाले पुरस्कार प्रदान गरे ।
इटहरी–३ का युवाहरुको लगानीमा निर्माण गरिएको सगरमाथा व्याडमिन्टन क्लबको आयोजनामा विहीबारदेखि पूर्वाञ्चल व्यापी खुल्ला व्याडमिन्टन प्रतियोगिता शूरु भएको थियो । इटहरी–३ मा डेड कठ्ठा जग्गामा झण्डै ५१ लाख रुपैयाँको लागतमा कवर्डहल निर्माण गरिएको क्लबका अध्यक्ष बमबहादुर लिम्बूले जानकारी दिए ।