धरान/बुढासुब्बा प्याराग्लाइडिङ कम्पनी धरानले सोमबारदेखि धरानमा व्यवसायिक उडान भर्ने भएको छ । धरान–२४ चिण्डेडाँडाबाट उडान भर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरी कम्पनीले जनाएको छ ।
[caption id="attachment_21094" align="alignnone" width="960"]
धरानमा व्यवसायिक प्याराग्लाइडिङ उडान गर्ने बारे जानकारी दिँदै कम्पनीका अध्यक्ष जिमी । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
कम्पनीका अध्यक्ष लेखमणी जिमीका अनुसार उडानको तीनदिनसम्म विशेष प्याकेज दिन लागिएको छ । जस अनुरुप प्याकेजमा एकजना बराबर ४ हजार नौसय ९९ रुपैयामा उडान गरिने छ भने तीनदिनपछि पाँचहजार ५ सयसहित १३ प्रतिशत भ्याट लाग्ने छ । ‘यो खर्च उडान भर्न चाहेने व्यक्तिको हकमा पिकअप र ड्रपसमेतको खर्च हो ।’ जिमीले पत्रकार सम्मेलनमा भने ।
बुढासुब्बाले ५ जना टेन्डम फ्लाइट उडान गर्ने गरी अनुमति लिएको छ । जसका लागि धरानका देशवीर जिमी, मणीराज तामाङ र नरेश राईले व्यवसायिक उडान भर्ने छन् । पर्यटकीय दृष्टिकोणसमेत धरानलाई प्रवद्र्धन गर्ने उद्देश्यले बुढासुब्बाले धरानबाट व्यवसायिक उडान भर्न लागेको हो ।
धरानमा प्याराग्लाइडिङको परीक्षण उडानसमेत बुढासुब्बाकै टिमले गरेको थियो ।
यस अघि धरानमै चौथों माउन्टेन प्याराग्लाइडिङ एक्युरिसी प्रतियोगितासमेत गराएको थियो । जसमा देशभरका प्याराग्लाइडरहरुले प्रतियोगितामा सहभागी बनेका थिए ।