धरान/रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ६१ औं बालोन डि’ओर अवार्ड जितेका छन् ।
लियोनल मेसीलाई पछि पार्दै रोनाल्डोले अवार्ड जितेका हुन् । फ्रान्स फुटबल म्यागजिनले १९५६ देखि प्रदान गर्दै आएको अवार्डमा सर्वाधिक मत ल्याउँदै रोनाल्डो अवार्डको दाबेदार बने । यो अवार्डका लागि ३० फुटबलर मनोनयनमा परेका थिए । तेस्रो स्थानमा फ्रान्सकै एन्टोनी ग्रिजम्यान परेका थिए ।
विश्वभरका १७२ फुटबल पत्रकारको मतका आधारमा यो अवार्ड वितरण गरिदै आएको छ । रोनाल्डोको यो चौथो अवार्ड हो । यस अघि सन् २००८ मा म्यानचेष्टर युनाइटेडमा हुँदा उनले यो अवार्ड हात पारेका थिए । त्यस यता लियोनल मेसीको हातमा यो अवार्ड परिरहेको थियो । पुनः २०१३ र १४ मा यो अवार्ड जितेका थिए । जितपछि रोनाल्डोले खुसी व्यक्त गर्दै भने, ‘मैले चौथो पटक यो सुनौलो बल जित्छु भनेर सोचेको थिइँन, म निकै खुसी छु ।’
रोनाल्डोले यसवर्ष अवार्ड जित्नुको पछाडी च्याम्पियन्स लिग, युरोकप प्रमुख हुन सक्ने आँकलन गरिन्छ । सन् २०१० देखि यो अवार्ड फिफासँग मिलेर प्रदान गरिदै आएको थियो । जसलाई फिफा बालन डि’ओरको नामले चिनिथ्यो । तर, फिफाका अध्यक्ष मिचेल प्लाटिनी भ्रष्टचारको मुद्दामा तानिएपछि पुनः यो वर्षबाट अलग्गिएको छ ।