पाँचथर/चासोक तङ्नामको अवसरमा पहिलोपल्ट फिदिममा आयोजना गरिएको सुम्हालुङ मिनी म्याराथन दौड प्रतियोगिताको उपाधि ताप्लेजुङ ढुङ्गेसाँघुका श्याम लिम्बूले उचालेका छन् ।
लिम्बूले ३० मिनेट १० सेकेन्डमा निर्धारित ९ किलोमिटर दूरी पार गर्दै उपाधिमाथि आप्mनो हक जमाएका हुन् । प्रतियोगितामा पाँचथर लुङ्रुपाका अर्जुन राईले ३१ मिनेट ८ सेकेन्डमा र लुङ्रुपाकै विराट फागोले ३२ मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः द्वितीय र तृतीय भए ।
प्रतियोगिताको प्रथम, द्वितीय र तृतीयले क्रमशः ट्रफी, मेडल र प्रमाणपत्रसहित १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । ऐतिहासिक पर्यटकीयस्थल सुम्हा?लुङ क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि सुम्जिरी सुम्हा?लुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानले प्रतियोगिताको आयोजना गरेको हो ।