15435788_10206046027149875_1952255408_nधरान /यहि पौष ८ गते देखि १५ गते सम्म संचालन हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुर्वाञ्चल क्षेत्रको बास्केटवल खेलाडि छनौट भएका छन । मंसिर २४ र २५ गते उदयपुर जिल्लाको गाइघाटमा संपन्न क्षेत्रिय वास्केटवल छनौट प्रतियोगितामा सहभागि जिल्लाहरु वाट खेलाडि छनौट गरिएको नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष तथा छनौट समिती सदस्य सुरजकुमार लामाले वताए ।

सुनसरी, मोरङ्ग, इलाम, झापा र उदयपुर गरि ५ वटा जिल्लाले सहभागिता जनाएका छनौट प्रतियोगितामा सुनसरी प्रथम भएको थियो । छनौट हुने खेलाडिहरुमा सुनसरी वाट नविन राई, हेमन्त राई, विवेकमनि श्रेष्ठ, प्रदिप गुरुङ्ग, नितेस प्रधान , इलाम वाट विजय वुर्जा, मनिस तामाङ्ग, रोदन गुरुङ्ग, त्रिलोक बास्तोल मोरङ्ग , माधव निरौला उदयपुर र सुरज खडका झापा र प्रशिक्षकमा बिकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्वु रहेका छन । साथै अमिर श्रेष्ठ उदयपुर र सिजन धमला सुनसरी वैकल्पिक खेलाडिमा रहेका छन ।

छनौट भएका खेलाडिहरुलाई पौष १ गते देखि ७ गते सम्म धरानमा वन्द प्रशिक्षण दिइने पुर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी गराए । बास्केटवल खेलको राष्ट्रिय प्रतियोगिता धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा सम्पन्न हुने सुनसरी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष धनप्रसाद राईले वताए ।