baksingधरान/ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत इटहरीमा सम्पन्न पूर्वाञ्चल क्षेत्रीय प्रतियोगितामा बक्सिङतर्पm सुनसरीले नौवटा स्वर्ण हात पारेको छ ।दशवटा वेटमा हुने स्पर्धामा सुनसरीले ७ पुरुष र २ महिलासहित ९ वटा स्वर्ण हात पारेको हो ।

तीनवटा स्वर्ण झापाले जितेको छ । महिलामा ४८ केजीबाट मीना तामाङ र ५७ केजीमा दिया लिम्बूले स्वर्ण हात पारेको व्यवस्थापक विकासकुमार गुभाजूले बताए । उनका अनुसार पुरुषतर्पm ४९ केजीमा सुलभराज तुलाधर, ५२ केजीमा सन्तोष राई, ५६ केजीमा राकेश राई, ६० केजी विराज राई, ६९ केजीमा सन्देश लिम्बू, ७५ केजीमा अशेष लिम्बू र ८१ केजीमा प्रेम गुरुङले स्वर्ण हात पारेका छन् ।

स्वर्णपदक विजेताहरुलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्का बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरले मेडल र प्रमाण पत्र वितरण गरेका छन् । झापाले ६४ केजी, ९१ केजी र ९१ प्लस केजी तौल समूहबाट स्वर्ण जितेको छ । उक्त वेट समूहमा सुनसरीबाट खेलाडीहरु नरहेको व्यवस्थापक गुभाजूले बताए ।

स्वर्णपदक विजेता खेलाडीहरु राष्ट्रिय प्रतियोगिताको लागि जाने छन् । स्वर्णपदक विजेता खेलाडीहरु सबै धरानका हुन् । सोमबार शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।