धरान/सिमरा गोल्डकपको आठौं संस्करण आउँदो माघको तेस्रो सातादेखि सुरु हुने भएको छ ।
नवजागृति युवा क्लवको आयोजनामा हुँदै आएको प्रतियोगितामा यसपटक माघ २० गतेदेखि २९ गतेसम्म चल्ने बताइएको छ । प्रतियोगितामा ए डिभिजनका ५ वटा र मोफसलका ५ वटा गरी १० वटा टीमहरुले स्पर्धा गर्ने छन् । आयोजक क्लबले सार्वजनिक गरेको सम्भावित टिमहरुमा ए डिभिजनको मनाङ मस्र्याङदी क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, संकटा, सरस्वती युथ क्लबसहित साविक बिजेता विजय युथ क्लब, उपबिजेता रुपन्देही ११, सहारा क्लब पोखरा, वीरगन्ज युनाईटेड क्लब र आयोजक नव जागृति युवा क्लब रहेका छन् ।
यो नामहरु केही हेरफेर हुन सक्ने बताइएको छ । प्रतियोगिता विजेताले नगद पाँचलाख ५१ हजार रुपैया र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई गत बर्षझै सुजुकी मोटरसाईकल दिइने छ । त्यस्तै व्यक्तिगत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने छन् । खेलको म्यान अफ दि म्याचलाई आयोजकले यस वर्ष पाँच हजार नगदसहित ट्रफि दिने भएको छ ।