footbalइटहरी /सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरग आइतबार भएको महिला तर्फको फूटवल खेलमा नेपाल प्रहरी र नेपाली सेनाको टीम विजयी भएको छ । सुनसरीको दुहवी रंगशालामा सञ्चालित प्रतियोगिता अन्तरगत पहिलो खेलमा नेपाल प्रहरीले सुदुर पश्चिमलाई ३–० गोल पराजित गरेको प्रतियोगिता प्रचार प्रसार उप समितिको संयोजक लोकेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रहरीका तर्फबाट खेल शूरु भएको ५ मिनेटमा निरु थापाले गोल गरिन् । यस्तै ३१ मिनेटमा यशुदा लामा र ४९ मिनेटमा रुपा मगरले गोल गरी आफ्नो टीमलाई विजय बनाएका थिए । । खेलमा प्रहरीकी निरु थापा म्यान अफ द म्याच खोषित भइन् ।यसै गरी आइतबारनै सम्पन्न दोस्रो खेलमा नेपाली सेनाको टीमले मध्य पश्चिमाञ्चलाई ३–० ले पराजित गरेको छ ।

प्रचार प्रसार संयोजक बस्नेतका अनुसार खेल शूरु भएको ३ मिनेटमा नेपाली सेनाकी पुजा राना मगरले खाता खोलिन् भने २४ मिनेटमा भूजंगा राईले अर्को गोल गरिन् । यसै गरी ६८ मिनेटमा नेपाली सेनाकै कान्ती आलेले वललाई जाली चुमाई तीन सून्यको अन्तरले नेपाली सेनाको टीम विजयी गराएको आयोजकले जनाएको छ । त्यस खेलमा नेपाली सेनाकी मनिषा राउत म्यान अफ द म्याच खोषित भइन् ।

प्रतियोगिता अन्तरगत सोमबारको खेल पश्चिमाञ्चल र नेपाल प्रहरी तथा दास्रो नेपाली सेना र पूर्वाञ्चल बीच हुने प्रचार प्रसार संयोजक बस्नेतले जानकारी दिए । आगामी पुस ८ गते औपचारिक उद्घाटन हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरग महिला तर्फको फूटवल खेल शनिबारदेखि सुनसरीको दुहवीमा शुरु भएको हो । प्रतियोगिता पुस ९ गतेसम्म सञ्चालन हुने छ ।