धरान/फिफा क्लव विश्वकपमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले उपाधि आफ्नो पक्षमा पारेको छ ।
आइतबार जापानको योकोहामा रंगशालामा सम्पन्न खेलमा जापानिज क्लव कासिम अन्टलर्सलाई ४–२ गोल अन्तरले जित निकाल्दा रोनाल्डो नायक बने । रियलले यसअघि पनि क्लव विश्वकप उचालेको थियो । खेलमा रियलका कारिम बेन्जामको गोलबाट खाता खोलिएको थियो । उनको अग्रतालाई अन्टलर्सका सिबास्कीले गोल गर्दै बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफको ६० औं मिनेटमा पुनः सिबास्कीले गोल गर्दै जापानीज टोलीलाई अग्रता दिलाए। उक्त अग्रतालाई रोनाल्डोले विट गरिदिए । उनले ६० औं मिनेटमा गोल गर्दै बराबरी खेलेका थिए । निर्धारित ९० मिनेटसम्म बराबरी गोल भएपछि अतिरिक्त सयममा पाएको पेनाल्टीलाई रोनाल्डोले सदुपयोग गरेका छन् । रोनाल्डोले नै पुनः १०४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै रियलले उपाधि जितेको हो ।