धरान /तीनअण्डर ६७ स्कोर बनाउँदै प्रो. शिवराम श्रेष्ठ र सञ्जय लामा सूर्य नेपाल इष्र्टन ओपन गल्फ टुरको पहिलो दिन शीर्ष स्थानमा रहेका छन् । सोमबार निर्वाणा कन्ट्री क्लव एण्ड गल्फ रिसोर्टको १८ होल पूरा हुँदा टाइ गर्दै नेपालका नम्बर वान गल्फर प्रो. श्रेष्ठ र नम्बर तीनका प्रो. लामा शीर्ष स्थान बनाउन सफल बनेका हुन् । नेपालका चौथो नम्बरका व्यवसायिक गल्फर धनबहादुर थापा लेभल पार ७० स्कोर बनाउँदै दोस्रोमा छन् । नम्बर वान गल्फर श्रेष्ठले पहिलो पार ७० को कोर्षमा पहिलो दिन फ्रन्ट नाइनमा २ अण्डर ३३ कार्ड र ब्याक नाइनमा १ अण्डर ३४ कार्ड बनाउन सफल बनेका थिए । sanjaya पहिलो, पाँचौं होलमा बुगी खेपेका श्रेष्ठले तेस्रो, छैठौं र नवौं होलमा बर्डी गर्न सफल बनेका थिए । ब्याक नाइनको सोह्रौ र अठारौं होलमा बर्डी गर्दा १७ औं होलमा बुगी खेपेका थिए । टाइअप गरेका लामाले फ्रन्ट नाइनमा लेभल खेल्दा ब्याक नाइनमा ३ अण्डर ३२ कार्ड बनाएका थिए । दोस्रो होल र ९ औं होलमा बर्डी गरेका उनले चौथो होलमा डब्बल बुगी र पाँचौं होलमा बुगी खेपेका थिए । ब्याक नाइनमा १२, १४ र १५ औं होलमा बर्डी गर्न सफल भएका थिए । दोस्रो स्थानमा रहेका थापाले फ्रन्टमा २ अण्डर ३३ खेल्दा ब्याक नाइनमा २ ओभर ३७ कार्ड बनाएका थिए । sibram उनले फ्रन्टको दोस्रो र छैठौं होलमा बर्डी गर्न सफल बनेका थिए । यता ब्याक नाइनको १० औं र १८ औं होलमा बुगी खेपेका थिए भने १८ औं होलमा डब्बल बुगी खेपेका थिए । ब्याक नाइनको १२ औ होलमा उनले बर्डी गर्न सफल बने । प्रो. भुवन नगरकोटी २ ओभर ७२ स्कोर बनाउँदै तेस्रो नम्बरमा छन् । एमेच्योर शिवकुमार माझीले पनि २ ओभर ७२ स्कोर बनाउँन सफल बनेका छन् । उनी एमेच्योर तर्फ शिर्षस्थानमा छन् भने भुवनसँग टाइअप गर्न सफल बनेका छन् । ३ ओभर ७३ स्कोर बनाउँदै स्थानीय प्रो. सविन सापकोटा, रवि खड्का र एमेच्योर गजेन्द्र गुरुङ संयुक्त चौथो स्थानमा छन् । सविनले फ्रन्ट नाइनमा ४ ओभर ३९ कार्ड बनाउँदा ब्याक नाइनमा एक अण्डर ३४ कार्ड बनाएका थिए । रविले फ्रन्टमा १ ओभर ३६ र ब्इाकमा २ ओभर ३७ कार्ड बनाएका थिए । ४ ओभर ७४ स्कोर बनाउँदै स्थानीय देउराज पाख्रिन र बलबहादुर राई संयुक्त ५ औं स्थानमा छन् । ५ ओभर ७५ स्कोर खेलेका विकास अधिकारी, सूर्यप्रसाद शर्मा, र स्थानीय एमेच्योर सुक्रबहादुर राई संयुक्त छैठौं स्थानमा छन् । १८ होलको खेल सकिँदा एमेच्योर तर्फ सुक्र तेस्रो नम्बरमा छन् । ६ ओभर ७६ स्कोर बनाएका रामप्रसाद श्रेष्ठ, थामबहादुर राई, एमेच्योर प्रज्वल गुरुङ, दिपक मगर, जयराम श्रेष्ठ, पशुपति शर्मा संयुक्त सातौं स्थानमा रहेका छन् । ७ ओभर ७७ स्कोर खेलेका एमेच्योर काजी राई, युवराज भुजेल, र प्रो दिपक आचार्य संयुक्त आठौं स्थानमा छन् । ८ ओभर ७८ खेलेका प्रो राम मगर, एमेच्योर राजु राई, प्रो. यलम्बरसिंह अधिकारी, एमेच्योर पदमहाङ लिम्बू, एमेच्योर सूक्रराज राई, प्रो सचिनप्रसाद भट्टराई नवौं स्थानमा छन् । प्रो. रमेश नगरकोटी, एमेच्योर टंकबहादुर कार्की, एमेच्योर प्रदीपबहादुर राना ९ ओभर ७९ स्कोर बनाउँदै दशौं स्थानमा छन् । नेपाल गल्फ एसोसिएनको आयोजनामा भइरहेको प्रतियोगितामा स्थानीय प्रोसहित ३१ जना व्यवसायिक खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् । कुल ५६ गल्फरहरु स्पर्धामा रहेका छन् । ३६ होलको समाप्तीपछि २१ जना व्यवसायिक खेलाडी र ६ जना एमेच्योर गल्फरहरु मात्रै अन्तिम अन्तिम ५४ होलको लागि स्पर्धा गर्न पाउने छन् । प्रतियोगितामा २१ जना व्यवसायिक खेलाडीहरुले नगदसहित ट्रफी प्राप्त गर्ने छन् । सूर्य नेपालको मूख्य प्रायोजनामा भइरहेको प्रतियोगिता विजेताले एकलाख १० हजार रुपैया बराबरको नगद र ट्रफी हात पार्ने छ भने दोस्रो हुनेले ७० हजार रुपैया राषी बराबरको नगद र ट्रफी पाउने छ । तेस्रोले ५० हजार रुपैया बराबर राषीको ट्रफी र नगद प्राप्त गर्ने छन् ।