sibramधरान / नेपालका नम्वर वान प्रो. शिवराम श्रेष्ठ ३६ होलको समाप्तीमा पनि अग्रता कायमै राखेका छन् । श्रेष्ठले २ अण्डर १३८ स्कोर बनाउँदै अग्रतालाई कायमै राखे । निर्वाणा कन्ट्री क्लवको गल्फ कोर्षमा उनले दोस्रो दिन १ ओभर ७१ स्कोर बनाएका थिए । पहिलो दिन समान स्कोर बनाएका तेस्रो नम्वरका खेलाडी सञ्जय लामा दोस्रो दिन २ ओभर १४२ स्कोरका साथ दोस्रो नम्बरमा झरेका छन् । पहिलो दिन तीन अण्डर खेलेका उनले दोस्रो दिन ५ ओभर ७५ स्कोर बनाएका थिए । ‘दोस्रो दिनको खेल झुर भयो ।’ सञ्जयले छोटो प्रतिक्रिया दिँदै भने । शिवरामले पनि पहिलो दिनजस्तो खेल हुन नसकेको बताए । पहिलो दिन दुबैले समान ३ अण्डर ६७ स्कोर गरेका थिए । लामा भन्दा एक ओभरले पछि परेका प्रो. रवि खड्का, प्रो. धनबहादुर थापा र प्रो. भुवन नगरकोटी समान ३ ओभर १४३ स्कोरका साथ तेस्रो स्थानमा छन् । पहिलो दिन चौथो बनेका खड्काले प्रो. थापासँग पहिलो दिनको अङ्क दुरी घटाउँदै समान तेस्रोमा आउन सफल बनेका छन् । स्थानीय एमेच्योर शिवकुमार माझी, शुक्रबहादुर राई समान ४ ओभर १४४ स्कोरका साथ चौथोमा छन् । अर्का एमेच्योर टंकबहादुर कार्की ६ ओभर १४६ स्कोर बनाउँदै पाँचौंमा छन् । ६ ओभर १४६ स्कोर बनाएका प्रो. सूर्यप्रसाद शर्मा छैठौंमा छन् । स्थानीय प्रो. सविन सापकोटा र प्रो. बलभद्र राई ुमान ७ ओभरका १४७ स्कोर गर्दै सातौंमा छन् । समान ९ ओभर १४९ खेलेका स्थानीय प्रो. देउराज पाख्रिन र प्रो. राम मगर नवौं स्थानमा छन् । १० औं स्थानमा एमेच्योर खेलाडी गजेन्द्र गुरुङ छन् । उनले १० ओभर १५० स्कोर बनाएका छन् । २१ जना प्रोसँगै ६ जना एमेच्योर खेलाडी अन्तिम ५४ होलको लागि स्पर्धा गरिरहेका छन् । प्रो. शिवरामले दोस्रो दिन फ्रन्ट नाइनमा ३६ र ब्याक नाइनमा ३५ स्कोर गरेका थिए । उनले फ्रन्टको पहिलो र सातौं नम्बरको होलमा बुगी खेप्दा तेस्रो होलमा बर्डी खेलेका थिए । ब्याक नाइनको ११ औं र १७ औं होलमा बुगी खेपेका थिए । १७ औं होलमा उनले डब्बल बुगी खेपेका थिए । १३ औं र १८ औं होलमा बर्डी गर्न सफल भए । सञ्जयले फ्रन्टमा ३९ स्कोर गर्दा ब्याकमा ३६ स्कोर गरेका थिए । फ्रन्टको ९ औं होलमा त्रिब्बल बुगी खेपेका उनले १४ औं होलमा बुगी खेपेका थिए । रबिले फ्रन्टमा ३७ र ब्याकमा ३३ स्कोर गर्न सफल भएका थिए । प्रो. धनबहादुर थापाले पहिलो दिन लेभल खेलेपनि दोस्रो दिनको फ्रन्टमा ३६ र ब्याकमा ३७ स्कोर गरेका थिए । ३१ प्रो र २५ एमेच्योरसहित कुल ५६ खेलाडीहरु सहभागी बनेका थिए । ३६ होल १४० पारको समाप्तीमा १० जना प्रो. तथा १९ जना एमेच्योर खेलाडीहरु छनौट (कट) भएका छन् । २१ जना प्रोहरुले नगदसहित ट्रफी पाउने छन् । कुल ६ लाख रुपैया राषीको यो प्रतियोगितालाई सूर्य नेपालले प्रायोजन गर्ने गरेको छ । नेपाल गल्फ एसोसिएसनको आयोजनामा प्रत्येक वर्ष सूर्य नेपाल इष्र्टन ओपन हुने गरेको छ ।