धरान/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धरानमा ६ वटा खेलहरु हुने भएका छन् । पुष ८ गतेदेखि १५ गतेसम्म हुने प्रतियोगिताको अन्तिम तयारी पूरा भएको बुधबार पत्रकार भेटघाटमा बताइएकाे छ ।
[caption id="attachment_22024" align="alignnone" width="960"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
धरानमा पुरुष फुटबल, महिला र पुरुष बास्केटबल, उस्सू, कराते, साइक्लिङ र सोपाकटाक्रो खेलहरु हुने छन् । त्यसका लागि खेलाडीहरुलाई धरानका विभिन्न होटलहरुमा बसोबासको व्यवस्था मिलाइसकिएको बसोबास व्यवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी कुमार बस्नेतले बताए ।
धरानमा अफिसियलसहित ६७२ जना खेलाडीहरुले स्पर्धा गर्न लागेका छन् । पुरुष फुटबल बिहीबारदेखि नै सुरु हुन लागेको छ । फुटबलको उद्घाटन अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्ने कार्यक्रम रहेको पुरुष फुटबल संयोजक एवम् एन्फा उपाध्यक्ष किशोर राईले बताए ।
प्रतियोगिताको समापन धरानमा हुने जिल्ला खेलकुद परिषद्का अध्यक्ष धनप्रसाद राईले बताए । उनका अनुसार समापनमा रग्वी, साम्बो, रक क्लाइम्बिङ, दोहोरी गीतको प्रदर्शनी खेलहरु हुने छन् । सातौं राष्ट्रियको फुटबल क्षेत्रीय रङ्गशालामा गराउने तयारी भए पनि निर्माण सम्पन्न अभावमा एन्फा टेक्निकलको खेल मैदानमा हुन लागेको छ ।