-
Home
-
पूर्व
-
बास्केटबल र सेपाकताक्रोको खेल आजदेखि
बास्केटबल र सेपाकताक्रोको खेल आजदेखि
धरान/सातौं राष्ट्रिय खेलकुद अन्तर्गत धरानको डिपो उच्चमाविको कोर्टमा बास्केटबल र सेपाकताक्रो खेलहरु सूचारु छन् । शनिबार बिहान ८ बजेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत बास्केटबलमा पुरुष र महिला गरी १० खेल सम्पन्न गर्ने निर्णायकहरुले बताएका छन् ।
त्यस्तै सेपाक ताक्रो अन्तर्गत महिला र पुरुषमा २० खेलहरु सम्पन्न गर्ने निर्णायकहरुले बताएका छन् । बास्केटबलको उद्घाटन खेल महिला तर्फ पश्चिमाञ्चल र मध्यमपश्चिमाअञ्चल टिमकाबीच भएको छ । प्रतियोगितामा मध्यमाञ्चलले पश्चिमाञ्चललाई सोझो चार सेटमै हराउन सफल भएको छ । मध्यले प्रत्येक सेटमा १५–१२–६–१२ गरी ४५ स्कोर गर्दै जित निकालेको छ । यता पश्चिमाञ्चलले ६–०–०–६ अङ्क जोड्दै १२ स्कोर बनाएको छ । जसमा मध्यको विष्णु दगामी मगरले व्यक्तिगत १५ स्कोर जोडेकी थिइन् ।
त्यस्तै पुरुष बास्केटबलमा आर्मीले सोझो सेटमा पश्चिमाञ्चललाई हराउन सफल भएको छ । आर्मीले ८२–५३ स्कोरले पराजित गरेको छ । आर्मीले प्रत्येक सेटमा १८–१७–३०–१७ स्कोर गर्दा पश्चिमाञ्चलले ६–१३–२१–१३ स्कोर जोडेको थियो । सेपाक तर्फ महिलामा मध्यमाञ्चल र पूर्वाञ्चलबीचलाई २१–१२ र २१–६ को सेटले हराएको छ । त्यस्तै अर्को खेलमा मध्यपश्चिम र सुदुरपश्चिमलाई २१–५ र २१–११ को सोझो सेटमा हराउन सफल भयो ।
तेस्रो खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २१–१२ र २१–११ सोझो सेटमा हराएको छ । मध्यमाञ्चल र सुदुर पश्चिमाञ्चलको खेलमा ट्राइबेकरबाट सुदुरले मध्यलाई २–१ को सेटमा जित निकालेको छ । सुदुरले २१–१५, १२–२१ र १५–११ को सेटमा हराएको छ । महिलाको लिग चरणको आधारमा विजेता घोषणा गरिने छ ।
त्यस्तै पुरुष तर्फ पूर्वाञ्चल र पश्चिमाञ्चल बीचको पहिलो खेलमा २१–६ र २१–१२ को सोझो सेटमा हराउन सफल भयो । त्यस्तै आर्मी र मध्यमाञ्चलबीचको दोस्रो खेलमा आर्मीले मध्यलाई २१–८ र २१–९ को सेटमा हराउन सफल भएको छ । तेस्रो खेलमा सुदुरपश्चिमाञ्चलले पूर्वाञ्चललाई २१–१६ र २१–१७ को सोझो सेटमा हराएको छ । त्यस्तै पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलबीचको खेलमा २–१ को सेटमा हराएको छ ।
पश्चिमाञ्चलले सुदुरलाई २१–११, १६–२१ र १५–११ को सेटमा हराएको छ । आर्मी र मध्यपश्चिमलाई २१–१३ र २१–८ को सोझो सेटमा हराएको छ । पुरुष तर्फ लिगकम नकआउटको आधारमा खेल हुने छ । प्रतियोतिगाको फाइलन आजै हुने सेपाक तर्फका प्रमुख निर्णायक रामबहादुर थापाले बताए ।