तरहरा / पूर्वमा तामझामको साथ सुरु भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताले दर्शक पाउँन सकेन । खेलकुद मौदानमा खेलाडी र ब्यावस्थापन पक्षको भत्तावाल स्वयमसेवक वाहेक प्रतियोगितामा उल्लेखनीय दर्शक पाउँन नसकेको हो ।खेलकुद क्षेत्रको महान पर्वको रुपमा रहेको सातौ राष्ट्रिय प्रतियोगिता दर्शककै कारण खल्लो हुन पुगेको छ । कमजोर ब्यवास्थापन सँगै दर्शक समेत नपाउँदा राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक घटेको खेलाडी तथा प्रशिक्षकहरुले वताएका छन ।
गाउँघरमा भएको भाले कप जतिको पनि सातौ खेलकुद प्रतियोगितामा दर्शक नपाएको उनीहरुको भनाई छ । दर्शक अभावकै कारण प्रतियोगिता खल्लो भएको उनीहरुको भनाई छ । नीयस्तरमा प्रचारप्रसारको अभावकै कारण खेलमैदानमा खेलाडी वाहेकका दर्शक पाउँन नसकेको इटहरीका पुराना क्लब राष्ट्रिय जागृती क्लबका अध्यक्ष संजिव ढुगानाले वताए । खेलकुदको गौरभ मानेको प्रतियोगिता भालेकप जस्तो मात्र भएको भन्दै ब्यवस्थापन पक्ष कमजोर भएको उनको आरोप थियो । इटहरीमा ठुला ठुला प्रतियोगिता भईरहेको भए पनि एका दुईवाहेक यहाँ सबै भत्तावाला वाहेक कोहि छैनन रंगशालामा दौड हेदै भेटिएका अध्यक्ष ढुंगानाले भने । दर्शक प्रतियोगितामा ल्याउँन नसक्नु ब्यावस्थापकीय कमजोर हो उनले भने । एकात दर्जन दर्शक बाहेक रंगशालामा दर्शक भेटिदैनन् प्रतियोगिता हेर्ने भत्तावाल कर्मचारी,भत्तावाल स्वयमसेवक,भत्तावाल निर्णायक र पत्रकार वाहेक दर्शक देखिदैन लामो समय देखि खेल क्षेत्रमा लागेका इटहरीका कोवितजंग कार्कीले भने । यहाँ भत्ता खाने वाहेकका दर्शक देखिदैनन उनले भने । इटहरीमा भईरहेको राष्ट्रिय प्रतियोगिता गाउँको मान्छेलाई अझै थाहा नपाएको वताउँदै ब्यवस्थापकीय कमजोरी भएको वताए । कुनै टोले प्रतियोगिता जतिको पनि सातौ राष्ट्रिय प्रतियोगिताको चाम छैन उनले भने । क्रिकेटका सुनसरी प्रशिक्षक सिपि पौडेलले पनि प्रतियोगिताको चाम नदेखिएको वताए ।
प्रचारप्रसारको कमीकै कारण प्रतियोगितामा दर्शक आउँन नसकेको उनको भनाई थियो । पत्रपत्रिकामा खेलको चाम देखिए पनि खेल मौदानमा खेलको चाम खासै नदेखिएको उनको भनाई थियो । प्रतियोगितामा धेरै कमजोरी भएकै कारण खेलाडीहरु समेत रुष्ट बन्दै आएका छन । दैलेखका एक निर्णायकले यो प्रतियोगिता राष्ट्रिय प्रतियोगिता जस्तो नभएको वताए । सामान्य खेलकुद भए जस्तो मात्र देखियो उनले भने । एथ्लेटिक्स,भलिवल लगायतका खेलमा विभागीय टिम नै अगाडी छन । वाँकी अन्य क्षेत्रका खेलाडीहरु प्रतिष्प्रर्धामा आउँन सकेको छैनन् । दर्शकको रुपमा विभागिय टिमको खेल हुदा अलि अलि सुरक्षाकर्मी आउँछन नत्र खेलकुदले दर्शक नपाएको खेलकुद कर्मी विकास निरौलाको भनाई छ ।
निरौलाले भने खै सामान्य प्रतियोगिताको जस्तो पनि दर्शक छैनन् खेलाडीहरु मात्र मौदानमा देखिन्छन किन हो थाहा भएन । यता इलाका प्रहरी कार्यलय र राष्ट्रिय खेलकुद परिषदले खेलाडी वसेको होटलमा मापासे नबेच्ने भने पनि उक्त निर्णय लागु हुन सकेन । इटहरी आसपासको क्षेत्रमा मापासे रोक्न प्रहरीको अभियान पनि अपुरै रहेको छ । दैनिक प्रतियोगिता सकिए सँगै इटहरी तथा आसपासका सेकुवा पसलहरु भरीभराउ देखिन्छन । इटहरी तथा आसपासको क्षेत्रमा केहि दिन यता मादक पदार्थको कारोवार सम्म ह्वात्तै बढेको ब्यावसायीह्रुले वताएका छन ।