15577569_1872057599697553_282247371_nइटहरी/ गायक दिपेन राईले नयाँ गीत लिएर बजारमा ल्याएका छन् ।भोजपुर घर भइ हाल इटहरी बस्दै आएका राईले यस अघि पनि नेपाली गीत संगितक्षेत्रमा आफू उभ्याइ सकेका छन् ।पछिल्लो समय रुद्र श्रेष्ठको शब्द संगित र लिला राईको साथमा उनले सलल बग्ने कोशी है नदी.... बोलको गीत सञ्चार माध्यमबाट सार्वजनिक गरेका हुन् ।

उनलेक्लाष्टसँगको भेटमा टेलीभिजन र यूट्युव मार्फत सो गीत सार्वजनिक गरेकोबताए । यो गीत शनिबार सार्वजनिक भएको हो । कान्तिपुर टीभीलगायतका सम्पूर्ण सञ्चार माध्यमबाट सार्वजनिक गरिएको गीतको भिडियो समेत भएको छ ।गीतको भिडयोमा मोडलहरुः सुपी, राजेन्द्र थापा, रोसन खड्कालगायतलाई देख्न सकिन्छ ।

शिशिर सुवेदीले निर्देशन गरेको सो भिडयोको गीतको शब्द र संगित भने पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोका रुद्र श्रेष्ठले गरेका छन् । यस अघि गायक दिपेनले बुट्टे चोली सोलो एल्वम्, हिन्दु भजन संग्रह बजारमा ल्याइ सकेका छन् । एक दशक देखि गीत संगितमा लागेका राई आधुनिक तथा पप गीतमा पनि आफूलाई उभ्याउन चाहन्छन् । भर्खरै सार्वजनिक गरिएको गीतको भिडियो कोशी व्यारेज, अरुण नदीको सेरोफेरोमा गरिएको पनि उनले बताए । उनले रामकुमार राईको स्वरमा रहेको पुरानो गीत रसैको माया बस्यो... लाई समेत रिमेक गरेका छन् ।