धरान/खेलाडी तथा अफिसियनहरुको बसोबासमा व्यवस्थित नभएको आमगुनासोप्रति राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आफूकहाँ गुनासो आएपुगे कारबाही गर्ने प्रतिवद्धता गरेका छन् ।
[caption id="attachment_22499" align="alignnone" width="960"]
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बारे जानकारी दिँदै राखेप सदस्य सचिव केशवकुमार विष्ट । तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
‘हामीलाई देखाउनुस् त्यस्तालाई हामी कारबाही गर्छौं ।’ समापन बारे धरानमा बुधबार गरिएको पत्रकार सम्मेलनमा उनले भने । उनले ‘कुनै खेलाडी तथा अफिसियलहरुले गल्ती गरेको छ भनेर म कहाँ आयो भने कारबाही गर्छु, तर, अरेको भरमा तपाईहरु (पत्रकार) ले पनि भनिदिनुभएन्’ भन्दै प्रतिबद्धता गरेका हुन् ।
उनले सबै कुरा तथ्यसंगत आएमा कारबाही गर्न राखेप तयार रहेको बताएका छन् । उनले खेलाडी तथा अफिसियललगायतको असन्तुष्टीहरु धेरै देखिएको तर, ठूला प्रतियोगिताहरुमा सानातिना समस्याहरु आउने गरेको बताए । ‘बजेट हिसावले राम्रैसँग सम्पन्न भएको छ । तर, पनि असन्तुष्टी छैनन् भन्ने होइन् ।’ उनले भने ।
उनले सातौं राष्ट्रिय खेलकुद न्युनतम अन्तर्राष्ट्रिय मापदण्डमा पूरा भएको दाबी गरेका छन् । तर, उनले गरेको दाबी धेरै हदसम्म फेल खाएको छ । किनकी हालसम्म खेलहरु सामान्य मैदानमासमेत हुन सकेको छैन् । टेन्ट र पालको भरमासमेत खेल भएको छ । खेलाडी तथा अफिसियलको बसोबास व्यवस्थापनमासमेत समस्या आएको छ ।
कतिपय पराजित भएका खेलाडीहरुलाई समयमा भत्ता उपलब्ध नहुँदा खेलाडीहरु फर्किनसमेत समस्या भएको थियो ।
उनले समापन धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने बताए । समापनमा उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने तयारी भइरहेको छ । यस अघि प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम तोकिए पनि एकाएक परिवर्तन भएको छ ।
धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा प्रतियोगिताको समापन गर्ने लक्ष्य राखे पनि क्षेत्रीय रंगशालाको कार्य पूरा नभएपछि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता एन्फा एकेडेमीमा सिमित हुने भएको छ । ‘क्षेत्रीय रंगशालामा गर्ने योजना थियो । तर, बाध्य भएर एन्फा एकेडेमीमा गरिरहनु परेको छ ।’ उनले भने । जहाँ अहिले फुटबल चलिरहेको छ । समापन शुक्रबार १२ बजेदेखि सुरु हुने आयोजकले बताएको छ ।
आठौं राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिता पश्चिमाञ्चल या मध्यपश्चिमाञ्चलमा हुने सम्भावना रहेको उनले बताए ।