धरान / विभागीय टोली नेपाल पुलिस क्लव तेस्रो बन्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक हात पारेको छ । धरान-१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा बिहीबार सम्पन्न मध्यमाञ्चललाई ४(३ गोल अन्तरले पराजित गर्दै कास्य जितेको हो ।
यसअघि पुलिस एपिएफसँग पराजित बनेको थियो । पुलिसका लागि तीर्थ राना मगरले दुई गोल गर्दा भोला सिलवालले एक गोल गरेका थिए । एक गोल भने पुलिसलाई उपहार गोल प्राप्त भएको थियो । मध्यमाञ्चलका खेलाडीले आत्मघाती गोल गरेपछि पुलिसलाई एउटा गोल उपहार प्राप्त भएको थियो । त्यस्तै मध्यमाञ्चलको लागि टंकबहादुर स्याङ्देनले दुई गोल गर्दा श्यामबाबु क्याप्छाकी मगरले एक गोल गरेका थिए ।
अन्यन्तै प्रतिस्पर्धात्म खेलमा पुलिसका भोला सिलवालले पूर्वाद्र्धको १३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा तीर्थले गोल दोब्बर पारे । उनले रवि पासवानको पासलाई गोलमा परिणत गरेका थिए । त्यस्तै दोस्रो हाफको १९ औं मिनेटमा तीर्थले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित तर्फ डोर्याएका थिए । इञ्जुरी समयमा मध्यमाञ्चलका कुदलीप कार्कीले आत्मघाती गोल गरेपछि पुलिसको जित सुनिश्चित भयो । यता मध्यमाञ्चलबाट दोस्रो हाफको ५ मिनेटमा टंकबहादुरले पहिलो गोल गर्दा १८ औं मिनेटमा श्याम बाबुले हेडमार्फत दोस्रो गोल गरे भने ३९ औं मिनेटमा टंकबहादुरले तेस्रो गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पुलिसका तीर्थ राना मगर घोषित हुँदै नगद ५ हजार रुपैया प्राप्त गरे ।
स्वर्ण पदकको लागि शुक्रबार नेपाल आर्मी र एपिएफबीच हुँदै छ । संयोगवस समूह ख का यि दुई टोलीले लिग चरणमासमेत भेट भएको थियो । जहाँ गोलरहित बराबरीमा टुंगिदै अङ्क बाडेका थिए । मध्यमाञ्चलले बिहीबार नै सडेन डेथमा आर्मीसँग ७(६ गोल अन्तरले पराजित बन्दै तेस्रोको लागि भिडन्त गरेका थिए ।