धरान/दुईवर्ष पछि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नियम मिचेर मध्यपश्चिमाञ्च क्षेत्रलाई दिएको भन्दै विरोध गरेको छ । [caption id="attachment_22665" align="alignnone" width="960"]seventh तस्बिरः भाेजराज श्रेष्ठ[/caption] राष्ट्रिय खेलकुद परिषदले आठौं राष्ट्रिय खेलकुद प्रतिगयोगिता दुईवर्षपछि मध्यपश्चिमाञ्चलमा गर्ने निर्णय गरेसँगै विरोध भएको हो । पश्चिमाञ्चलबाट प्रतिनिधित्व गरेर आएका दीपक गोदारले युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीको दवावमा मध्यपश्चिमलाई दिएको बताए । उनले नियम अनुसार पश्चिमाञ्चललाई हुनु पर्ने बताएका थिए । ‘यो मन्त्रीको दवावमा मध्यमा लगेको हो ।’ उनले आरोप लगाए । [caption id="attachment_22670" align="alignnone" width="960"]eight तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption] राखेपको शुक्रबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको छ । निर्णय बारे समापनको अवसरमासमेत बताइएको छ । पालोअनुसार आठौं खेलकुद पश्चिमाञ्चलमा हुनुपर्ने भन्दै कार्यक्रम स्थलमा केही विरोधका स्वरहरु आएका थिए । यसैबीच राखेपका सदस्यसचिव केशव विष्टले आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका भीम ओलीलाई हस्तान्तरण गरेका थिए । नवौं पश्चिमाञ्चलमा गर्ने निर्णय भएको समापनकै अवसरमा उद्घोष गरिएको छ ।