धरान/उध्रेकी चोली गायिका इन्दिरा जोसीले धरानलाई कसरी हेर्दिहुन् । उनको नजरमा धरान कस्तो होला । धेरैलाई कौतुहलता हुनु नौलो होइन् ।
तर, गायिका जोसीको नजरमा धरान ‘लभ्ली, व्युटिफुल सिटी, सेक्सिष्ट सिटी’ यस्तै यस्तै उपनाम दिन्छिन् ।
[caption id="attachment_22797" align="alignnone" width="960"]

धरानमा शनिबार राति न्यु इयर इभ कन्सर्टमा प्रस्तुती दिँदै गायिका इन्दिरा । तस्बिरहरुः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
यो उपनाम धेरै अघि दिएको होइन्, बायो न्यु इयर इभ कन्सर्टको लागि शनिबार राति धरान आइपुगेकी उनले धरानलाई सेक्सिष्ट सिटीको रुपमा देख्ने गरेको बताइन् ।
स्टेजमा पाइला हाल्ने बित्तिकै ‘उध्रेकी चोली’ ले धराने युवापूस्तामाझ हङ्गामा नै मच्चाइन् । धरानको हरेक केटी, केटाहरुलाई मोडल बनाइहालौं र म्युजिक भिडियोमा खेलाइहालौं जस्ता लाग्ने युवतिहरु हुने गरेको भन्दै धरानको खुबै प्रशंसा गरिन् । चिसो मौसममा युवापूस्तालाई खुबै तताइन् । उनले आफ्नो चर्चित गीत उध्रेको चोलीमात्रै गाइनन् । उनले आधा दर्जन गीतहरु प्रस्तुत गरिरहँदा धरानेहरुलाई खुबै उफारिन् ।

गायिका इन्दिराले
चौबन्दी चोली अनी रातो घाँघराबाट गीत सुरु गर्दा
मेरो लाहुरे आउँछ रे यही जेठमा..लगायतका गीतहरु प्रस्तुत गरिन् । नेपाली साकिरा उपनामले चिनिने जाेशीले ठुम्काका साथमा गायन गर्दै उनले धराने युवापूस्ताको मन जितिन् । आधा दर्जन गीत प्रस्तुत गरिरहँदा धरानको बखान गर्न भुलिनन् । पहिलो पटक धरान टेकेकी उनीसँगै रोविन एण्ड द न्यु रेभुलेसनको रकिङ प्रस्तुतीमा युवाहरु झुमे ।

रोविन एण्ड द न्यु रेभुलेसनले यो हाम्रो देशबाट सुरु गरेको रकिङ प्रस्तुती करिव आधाघण्टासम्म चल्यो । तीनवर्षपछि दोस्रो पटक पाइला टेकेको यो व्याण्डले धराने स्रोता तथा दर्शकहरुलाई आनन्द तुल्याए । स्थानीय ब्याण्ड द आउटसाइडर व्याण्डले माइली एल्बमको चार भन्दा बढी गीतहरु प्रस्तुत गरे ।
अाउटसाइडरले भन मात्रै, तिम्रो लागी, ओ राम्मा, काम मेरो केही नहोस्, म माया लाउदिन लगायतका गीत प्रस्तुत गरे । धरानको स्टोनब्रिजका जोन राई र स्वस्तीका श्रेष्ठ र वविन राईलेसमेत प्रस्तुती दिएका थिए ।