नेपाली कांग्रेस सिरहामा रामचन्द्र यादव विजयी
सिरहा/नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव विजयी भएका छन् । उनी सिरहा क्षेत्र नं ४ का सांसद पनि हुन् ।
शनिबार राति सम्पन्न मतगणनाअनुसार सांसद यादवले प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गरे ।
सांसद यादवले ५६९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिए ।
सभापतिमा विजयी यादव पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। प्रतिद्वन्द्वी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।
गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि शनिबार पुनः मतदान भएको थियो ।
यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रामकुमार यादवले ३०३ मत पाएका छन् ।
पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४८९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कपलेश्वर साहले २६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































