धरान/बचत तथा ऋण सहकारी संघ लिमिटेड सुनसरीको नवौ साधारण सभाले शिवराज श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । सुनसरीको इटहरीमा शनिबार सम्पन्न निर्वाचनमा श्रेष्ठ अध्यक्षमा निर्वारोध चयन भएका हुन् । [caption id="attachment_22804" align="alignnone" width="960"]sibraj तस्बिरः शिवराज श्रेष्ठकाे फेसबुकबाट[/caption] वरिष्ठ उपाध्यक्षमा योगमाया सुवेदी र महिला उपाध्यक्षमा बिमला प्रधान चयन भए । सचिव र कोषाध्यक्षमा क्रमस फडिन्द्र दाहाल र सुर्यबहादुर भट्टराई निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा लिलामणी सुवेदी, शालिग्राम दाहाल, सुशिलकुमार गच्छदार, प्रल्हाद दाहाल, धमेन्द्रकुमार देव, मेघराज खत्री, गोमाकुमारी गिरी, सिता राई, शान्ति लिम्वु राई र चुन्नु थापा मगर रहेका छन् । लेखा समितिको संयोजक र सदस्यहरुमा तीर्थराज पराजुली, हरीमाया दाहाल र शिवराज खाँ निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त बोधहरी आचार्यले बताए । नव निर्वाचित अध्यक्ष्ँ श्रेष्ठले सवैको साथ र सहयोग लिएर संघलाई अगाडी बढाउने बताए । उनले भने, ‘सवैको सहयोग भए मात्रै कुनै पनि संघ संस्था सही रुपमा अघि वढने हो एक्लैले केही गर्न सकिदैन ।’ नव निर्वाचित समितिलाई वधाइ दिदै जिल्ला सहकारी संघ सुनसरीका कार्यबाहक अध्यक्ष दामोदर कोइरालाले परिवर्तन मुखि काम गर्न सुझाव दिएका छन् ।