ffझापा/भारत सिलोङको ब्लु आर्मी पूmटबल टोलीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै काँकडभिट्टा पूmटबल ट्रेनिङ सेन्टर मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।आइतबार निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा आयोजकले सफलता पाएको हो ।

विजेता टोलीका लागि पेनाल्टी सुटआउटमा जीवन गुरुङ, सञ्जय राजभाग, सेमसुङले गोल गरेका थिए भने नवीन सुवेदीको प्रहार विपक्षी गोलरक्षक विश्वजीत नेगीले रोकेका थिए ।सिलोङका लागि भने लालरामदोया मोया र लालमावोन पुयाले मात्रै पेनाल्टीमा गोल गरे । अजित सिंहको प्रहार काँकडभिट्टाका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए  । सुरज रावतको प्रहार पोष्टमा लागेर फर्कियो भने दीपक नेगीले बाहिर हानेका थिए ।

विपक्षी टिमका धेरै प्रहार जोगाएर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोलीका एलन न्यौपाने म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा सोमबार रुपन्देही ११ र प्mयान्स क्लब (बिआरसी) भूटानले प्रतिष्पर्धा गर्नेछन् ।