धरान/दृष्टिविहीनहरुको विशेष विद्यालयको रुपमा रहेको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयको ४० औं वार्षिकोत्सव तथा २०७ औं लुइस ब्रेल दिवस बुधबार मनाइएको छ । [caption id="attachment_23031" align="alignnone" width="1024"]ghyan chaxxu उद्घघाटन गर्दै क्षेशिनी केशव दाहाल । तस्बिरः भाेजराज श्रेष्ठ[/caption] वाषिकोत्सवको अवसरमा विद्यालयलाई विशेष योगदान तथा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । स्थानीय तथा व्यक्ति र केही सरकारी सहयोगमा सञ्चालन हुने विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्राध्याध्यापक केशरी थापाले प्रस्तुत गरेकी छन् । यसै अवसरमा विद्यार्थीहरुले ज्ञानचक्षु नामक नाटकसमेत प्रदर्शन गरेका छन् । नाटकमार्फत् दृष्टिविहीनको समस्या र उनीहरु कमजोर छैनन् भन्नेकुरा देखाइएको थियो । विद्यालयमा अध्ययरत विद्यार्थीहरुले ‘छैनन् आँखा तर हामीलाई अन्धा नभन’ बोलको मर्मस्पर्शी गीतसमेत प्रस्तुत गरेका छन् । विद्यालयले ८ वटा संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान तथा प्रशंसा पत्रले सम्मानित गरेको छ । सम्मानितहरुलाई पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक केशवप्रसाद दाहाल, कार्यक्रमकी अध्यक्ष लख्खी गुरुङलगायलते प्रशंसा पत्र तथा सम्मान पत्र हस्तान्तरण गरेका छन् । विभिन्न दाताहरुलाईसमेत प्रशंसा पत्रले सम्मानित गरिएको छ । कार्यक्रममा निर्वतमान शिक्षक हरिकृष्ण श्रेष्ठलाई विशेष विदाई गरिएको छ ।