बेलबारी/ मोरङको लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण रिकभरिङ पूmटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा इटहरीलाई पराजित गर्दै लक्ष्मीमार्ग रिकभरिङ क्लबले सेमी फाइनलमा प्रवेश गरेको छ । इटहरी रिकभरिङ क्लबलाई ४–१ को गोल अन्तरले पराजित गर्दै आयोजक लक्ष्मीमार्ग विजयी भएको हो । प्रतियोगितामा लक्ष्मीमार्गका तर्पmबाट अर्जुन कार्कीले ह्याट्रिक गरेका थिए । त्यसैगरी लक्ष्मीमार्गको तर्पmबाट प्रकाश लिम्बूले अर्को गोल गरेका थिए । प्रतियोगिताका म्यान अफ दि म्याच इटहरीका गोलकर्ता सुविन बस्नेत घोषित भए । ‘हाम्रो चाहना, लागूऔषधमुक्त समाज निर्माणको मुख्य कामना’ भन्ने नाराका साथ सोमबार प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा काँकडभिट्टा रिकभरिङ क्लब विजयी भएको थियो । काँकडभिट्टाले पथरी रिकभरिङ पूmटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा निमा लामा म्यान अफ दि म्याच घोषित भएका थिए । त्यसैगरी मङ्गलबार भएको खेलमा दमक रिकभरिङले आयोजक सेतोलाई पराजित गरेको थियो । डाँगीहाट–५, लक्ष्मीमार्गमा रहेको लक्ष्मी माविको खेलमैदानमा भइरहेको प्रतियोगिताको आयोजक लक्ष्मीमार्ग रिकभरिङ र सहआयोजक डाँगीहाट युथ क्लब रहेको छ । प्रतियोगिताको उद्घाटन पूर्वलागूऔषधकर्ता प्रयोगकर्ता तथा युनएचसीआरका कोअर्डिनेटर विमल आचार्यले गरेका थिए । प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भारतको एक टीम गरी ८ वटा टीमको सहभागिता छ । प्रतियोगितामा विजेतालाई ३१ हजार र उपविजेतालाई २१ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।