धरान/धरान–१५ को अलस्टार क्लव अन्तर्गतको फुटबल एकेडेमीमा आवद्ध खेलाडीहरुलाई बैदेशिक रोजगारीमा रहेकाहरुले ट्रयाकसुट सहयोग गरेका छन् । सिंगापुर, पोर्चुगललगायतमा बस्दै आएका धरान–१५ निवासीहरुले एकेडेमीमा रहेका २० जना खेलाडीहरुलाई ट्रयाकसुट बिहीबार सहयोग गरेको हो । उनीहरुलाई एन्फाका केन्द्रीय उपाध्यक्ष एवम् धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले ट्रयाकसुट हस्तान्तरण गरेका छन् । यसैबीच खेलाडीहरुलाई धरान–१५ को विग फुट फुटसलका सञ्चालक योगेन राईले २० थान टिसर्टसमेत प्रदान गरेका छन् । अलस्टारका अधिकांस खेलाडीहरुले गोधुली रनिङ कपमा सहभागिता जनाउने क्लवका अध्यक्ष राजन मगरले बताए । २०५८ सालदेखि निरन्तर सञ्चालन हुँदै आइरहेको क्लवले हालै एमेडेमी सञ्चालनमा ल्याएको अध्यक्ष मगरले बताए । विदेश र स्वेदशबाट क्लवलाई करिव २५ हजार रुपैया आर्थिक सहयोग प्राप्त भएको थियो । कार्यक्रमकै बीचमा अल स्टारको नयाँ कार्य समितिसमेत चयन गरिएको छ । अध्यक्षमा राजन मगर पुनः चयन भए भने उपाध्यक्षमा अर्विन लिम्बू, सचिवमा लुइस मेवाहाङ, सह सचिवमा देवेन्द्र बास्तोला, कोषाध्यक्षमा रेखा याङ्देन लिम्बू रहेका छन् । यसैगरी सदस्यहरुमा बसन्त क्षेत्री, शिशिर खड्का, विक्की राई, लक्ष्मी मगर रहेका छन् ।