godhuliधरान/अन्तर वडास्तरीय गोधुली रनिङ कप प्रतियोगिताको सत्रौं संस्करण शनिबारबाट शुरु हुँदैछ । प्रतियोगितामा धरानका २० वटा वडा स्पर्धा गरिरहेका छन् ।एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगिता माघ ८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा यसपटक सातवटा वडाले सहभागिता जनाएका छैनन् । धरानको प्रतिष्ठित सबैभन्दा पुरानो पूmटबल प्रतियोगिताको विजेताले यसपटक ७५ हजार रुपैयाँसहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष देशकुमार राईले बिहीबारको पत्रकार सम्मेलनमा बताए ।आयोजक क्लबले विजेताको पुरस्कार राशि २५ हजार रुपैयाँ वृद्धि गरेको छ भने उपविजेतामा ५ हजार रुपैयाँ वृद्धि गरेको छ । १६ औं संस्करणसम्म विजेताले ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्दै आएका थिए ।२०५० सालदेखि निरन्तर हुँदै आएको प्रतियोगितामा कूल ५ लाख ७९ हजार एक सय रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ ।

प्रतियोगितामा धरान–३, ६, ७, ८, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २६ र २७ वडाले स्पर्धा गर्दैछन् । जसमध्ये धरान–१९ सर्वाधिक गोधुली विजेता टिम हो । उसले हालसम्म छ पटक गोधुली कप हात पारिसकेको छ । यस्तै धरान–८ ले चारपटक, धरान–११ ले तीनपटक, धरान–१८ ले दुई पटक र धरान–१५ ले एकपटक उपाधि उचालिसकेका छन् ।यस वर्षको उद्घाटन खेलमा सर्वाधिक विजेता धरान–१९ र पन्ध्रौ संस्करणको विजेता धरान–१५ बीच प्रतिस्पर्धा हुनेछ । धरान–१९ साविक विजेता वडासमेत हो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, वेष्ट गोलरक्षक, उदीयमान खेलाडी र फाइनल खेलको म्यान अफ दी म्याच खेलाडी र अनुशासित टिमले नगदसहित ट्रफी पाउनेछन् ।सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउँदा सर्वाधिक गोलकर्ता र अनुशासित टिमले जनही ५ हजार र अन्य खेलाडीले २५ सयका दरले नगद प्राप्त गर्ने क्लबका उपाध्यक्ष सतिस केसीले बताए । प्रतियोगितालाई रेडबुलले मुख्य प्रायोजन गर्दै आएको छ भने स्थानीय उदय सामुदायिक वन उपभोक्ता समूहले सहप्रायोजन गरिरहेको छ ।प्रतियोगितामा गतवर्ष २२ वटा वडाले सहभागिता जनाएका थिए ।

यस वर्ष धरान–४ र ९ नम्बर वडाले सहभागिता नजनाएको उपाध्यक्ष केसीले बताए । गोधुलीले हालसम्म करीब २७ जना ए डिभिजन खेल्ने खेलाडी उत्पादन गरिसकेको छ । क्लबले प्रतियोगिताको टाइसिटसमेत सार्वजनिक गरिसकेको छ । समूह ए तर्पm धरान–२०, १९, १५, १८, ३, २६, १०, २३ र ८ छन् भने समूह बी मा धरान २७, १२, ६, ११, २२, १३, २१, १४, ७ र १६ छन् । समूह ए तर्पm धरान–२० र ८ बाईमा परेका छन् भने समूह बी मा धरान–२७ र १६ बाइमा परेका छन् ।