धरान /अन्तर वडास्तरीय रेडबुल गोधुली रनिङ कप प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा धरान–६ नम्बर वार्ड विजयी बनेको छ ।
[caption id="attachment_23370" align="alignnone" width="960"]
धरान–१२ का खेलाडी बल नियन्त्रण लिने प्रयासमा । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
एन्फा एकेडेमीको खेल मैदानमा जारी खेलमा धरान–६ ले धरान–१२ लाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । जितका लागि धरान–६ बाट आकाश राई, क्षितीज राई र सरोज राईले गोल गरेका थिए भने धरान–१२ बाट दुबै गोल अजय राईले गरेका थिए । खेलको म्यान अफ दि म्याच धरान–६ का सरोज राई घोषित हुँदै ट्रफी पाए ।
खेलको २५ औं मिनेटमा धरान–६ का आकाश राईले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । उनको अग्रतालाई दोस्रो हाफको १० औं मिनेटमा पेनाल्टी गोल मार्फत् अजय राईले बराबरीमा ल्याउन सफल भए । लगत्तै १३ मिनेटमा राईले नै गोल दोब्बर पारेका थिए । २–१ ले पछि परेको स्थिति उल्टाउँदै धरान ६ का क्षितिज राईले २३ औं मिनेटमा बराबरी ल्याउन सफल भए भने खेलको इन्जुरी समयमा सरोज राईले गोल गर्दै टिमलाई जिताए ।
भोली (सोमबार) को पहिलो खेल धरान–१८ र धरान ३ का बीच हुने छ भने दोस्रो खेल धरान–११ र धरान २२ का बीच हुने आयोजक गोधुली क्लवले जनाएको छ ।