धरान । अन्तर वडा स्तरीय १७ औं रेडबुल गोधुली रनिङ कप अन्तर्गत सोमबारको पहिलो खेलमा धरान–१८ विजयी बनेको छ । एन्फा एकेडेमीको खेल मैदानमा जारी खेलमा धरान १८ ले धरान–३ लाई २–० गोल अन्तरले पराजित गरेको छ । जसमा धरान –१८ का जनक सुनुवारले व्यक्तिगत दुई गोल गरेका छन् । पहिलो हाफको ८ र ११ मिनेटमा उनले व्यक्तिगत दुई गोल गर्न सफल भए । खेलको म्यान अफ दि म्याच पनि सुनुवार नै घोषित हुँदै ट्रफी प्राप्त गरेका छन् । खेल प्रतिस्पर्धात्मक भए पनि खेलको बाजी धरान–१८ ले मारेको थियो । अव दोस्रो खेल धरान–११ र धरान–२२ का बीच भइरहेको छ ।