धरान/दोस्रो पानबारी भलिबल रनिङ कपको उपाधि सुनसरीको डुम्राहा खेलकुद विकास समितिले उचालेको छ ।धरान–२३ सिमलचौरीको कोर्टमा शनिबार सम्पन्न खेलमा डुम्राहाले पूर्व क्षेत्रीय प्रहरी कार्यालय, रानीलाई सोझो तीन सेटमा हराउँदै उपाधि उचालेको हो ।

उपाधिसँगै नगद ३० हजार रुपैयाँसहित ३० तोलाको रनिङ शिल्ड, प्रमाणपत्र र मेडल डुम्राहाले हात पारेको छ । त्यस्तै उपविजेता बनेको प्रहरीले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल हात पारेको छ । खेलमा डुम्राहाले २५–१९, २५–१९, र २५–२२ को सोझो सेटमा हराएको हो । बेस्ट अफ फाइभको आधारमा खेल भएको अध्यक्ष सुनिल भण्डारीले बताए ।

प्रतियोगितामा बेस्ट स्पाइकर डुम्राहाका धर्म चौधरी, बेस्ट डिफेन्समा डुम्राहाकै आनन्द सिंह र बेस्ट लिप्mटर प्रहरीका विपन पोखरेल घोषित भए । नीहरूले ट्रफी प्राप्त गरे । विजेताहरूलाई कोशी अञ्चलका एसएसपी पवनप्रसाद खरेल, आयोजक सयपत्री ब्वाइज युनियनका अध्यक्ष सुनिल भण्डारीले पुरस्कार वितरण गरेका थिए ।