धरान–१३ अन्तिम चारमा
धरान /अन्तर वडास्तरीय १७ औं रेडबुल गोधुली रनिङ कपमा धरान–१३ विजयी बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
मङ्गलबार सम्पन्न अन्तिम क्वाटरफाइलन खेलमा धरान–१६ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै सेमिफाइलनमा पुगेको हो । निर्धारित खेलसमयमा १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ दि म्याच रञ्जित भुजेल घोषित भए । बुधबारको पहिलो सेमिफाइनल खेल धरान–१५ र धरान–१७ बीच हुने आयोजक गोधुली क्लवले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































