धरान/पोखरामा मंगलबारदेखि जारी पन्ध्रौं आहाराहा गोल्डकपमा आयोजक साहारा क्लवले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा जारी खेलमा साहाराले सुदुरपश्चिम ११ स्पोटिङ क्लवलाई एकपक्षीय ४–० गोल अन्तरले हराउँदै क्वाटरमा प्रवेश गरेको छ । खेलमा साहाराका लागि मार्टिनले २, रिचार्ज पुन र पिटर सेगुनले एक–एक गोल गर्दै टिमलाई जिताए । भोल (बुधबार) धरान फुटबल क्लव र एपिएफ क्लवबीच खेल हुने आयोजकलेले जनाएको छ । माघ १५ गतेसम्म हुने प्रतियोगितामा विदेशी तीन टिमसहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले नगद पाँच लाख १ हजार एक रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । उपविजेताले नगद दुईलाख ५१ हजार एक रूपैया नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै व्यक्तिगत तर्फ पनि पुरस्कारहरु प्राप्त गर्ने छन् ।