धरान/धरान–१७ अन्तर वडास्तरीय सत्रौं रेडबुल गोधुली रनिङ कपमा उपाधि नजिक पुगेको छ । एन्फा एकेडेमीको खेल मैदानमा बुधबार भएको खेलमा धरान–१७ ले धरान–१५ लाई सडेन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । धरान–१७ ले अव धरान–१३ र धरान २७ को विजेता टिमसँग फाइलनमा भिडन्त गर्ने छ । निर्धारित खेल समयसम्म १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोल भएपछि सडेन डेथमा ५–४ गोलले धरान–१७ ले बाजी मारेको हो । खेलको म्यान अफ दि म्याच हेमन्त थापा मगर घोषित हुँदै ट्रफी पाए । भोलीको अन्तिम सेमफिाइलन खेल धरान–१३ र धरान–२७ का बीच हुने आयोजक गोधुली क्लवले जनाएको छ ।