एजेन्सी/ हालै गरिएको अध्ययनका अनुसार नेयमार युरोपमा खेल्ने सबै खेलाडीलाई पछि पार्दै १ नं. मा परेका छन् । उनको मूल्य २१.६ करोड पाउण्ड निर्धारत गरिएको छ ।
बार्सिलोनाका स्ट्राइकर नेयमारले आफुसँगै एउटै क्लबबाट फुटबल खेल्ने लियोनल मेस्सीलाई समेत उछिनेका छन् । मेस्सीको मूल्य १४.९ करोड पाउण्ड निर्धारण गरिएको छ । शीर्ष १० मा रहेका इंग्ल्सि खेलाडीमा टोटनहमका ह्यारी केन (१२.२ करोड पाउण्ड) र डेले अली (९.६ करोड पाउण्ड) रहेका छन् । ८.९ करोड पाउण्डमा युनाइटेड भित्रिएका पाउल पोग्बाको मूल्य १३.६४ करोड पाउण्ड निर्धारण गरिएको छ ।
यो अध्ययन सिआइइएस फुटबल अबर्जभेटरीको एक टोलीले ट्रान्सफर भ्यालु एल्गोरिदम प्रयोग गरेर यो मूल्य निर्धारण गरेको हो ।
विश्वको उत्कृष्ट खेलाडी क्रिस्टियानो ११.१ करोड पाउण्ड मूल्यसहित ७ औँ स्थानमा रहेका छन् भने ग्यारेथ बेल ७.३८ करोड पाउण्डहित १४ औँ स्थानमा रहेका छन् । उनी सन् २०१३ मा ८.५३ करोड पाउण्डमा रियल भित्रिएका थिए ।
एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमान १३.२ करोड पाउण्डसहित चौँथो स्थानमा रहेका छन् भने बार्सिलोनाका लुइस सुवारेज १२.७ करोड पाउण्डसहित पाँचौ स्थानमा रहेका छन् ।
शीर्ष सयमा प्रिमियर लिगका ४२ खेलाडी रहेका छन् ।
यस्तो छ सूची
१०. एडिन हजार्ड (चेल्सी) ८.९ करोड पाउण्ड
९. डेले अली (टोटनहम स्पर्स) ९.६ करोड पाउण्ड
८. पाउलो डायबला (युभेन्टस) ९.९९ करोड पाउण्ड
७. क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड) ११.१ करोड पाउण्ड
६. ह्यारी केन (टोटनहम स्पर्स) १२.२ करोड पाउण्ड
५. लुइस सुवारेज (बार्सिलोना) १२.७ करोड पाउण्ड
४. एन्टोनी ग्रिजमान (एथ्लेटिको म्याड्रिड) १३.२ करोड पाउण्ड
३. पाउल पोग्बा (म्यान्चेस्टर युनाइटेड) १३.६ करोड पाउण्ड
२. लियोनेल मेस्सी (बार्सिलोना) १४ं.९ करोड पाउण्ड
१. नेयमार (बार्सिलोना) २१.६ करोड पाउण्ड