इटहरी/ इटहरीमा सम्पन्न स्वार्गीय महेन्द्रनारायण निधी स्मृति फूटवल प्रतियोगिताको उपाधी पूर्वाञ्चल भेट्रान्स क्लबले जितेको छ । विहीबार इटहरीस्थित जनता स्कुलको खेल मैदानमा सम्पन्न फाइनल खेलमा विराटचौक भेट्रान्स क्लबलाई २–० ले पराजित गर्दै झापा दमकको पूर्वाञ्चल भेट्रान्स क्लब च्याम्पियन बनेको हो ।

विजेता पूर्वाञ्चलले नगद एक लाख रुपैयाँ सहित ट्रफि प्राप्त गरकोको छ भने उप विजेता बनेका विराटचौकले नगद ५० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरको छ । कार्यक्रमकी प्रमुख अतिथि साँसद कल्पना चौधरीसहित आयोजक क्लबका अध्यक्ष विकास केसी तथा अन्य अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

पूर्वाञ्चलका बद्रीनारायण चौधरीले निर्धारित समयको ३४ औं र ४८ औं मिनेटमा गोल गरी आफ्नो टीमलाई विजयी बनाएका थिए । प्रतियोगितामा म्यान अफ द म्याच पूर्वाञ्चालका चन्द्र लिम्बू भ एभने प्रतियोगिताको हाइस्कोररको उपाधी पूर्वाञ्चलका बद्रीनारायण चौधरीले पाए । यसै गरी म्यान अफ द सिरिजको उपाधी लक्ष्मीप्रसाद लिम्बू घोषित भए । द योङ ब्रदर्श क्लब र सिद्धार्थ युवा क्लबको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा पूर्वका दश वटा टीमको सहभागिता रहेको थियो ।